ghar sansar

अध्यक्ष ओली सहभागी हुने सभामा एमाले कञ्चनपुरले गर्दैछ १० लाख खर्च, २५ हजार भन्दा बढी मानिस हुँदैछन् सहभागी

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा(एमाले) कञ्चनपुरले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने जन सभा तथा पार्टी प्रवेश कार्यक्रममा १० लाख खर्च लाग्ने अनुमान गरेको छ । एमालेले भदौ १५ गते अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा महेन्द्रनगर स्मारकमा कार्यक्रम गर्ने तयारी गरेको हो । त्यसका लागि शनिबार जिल्ला कमिटीको पूर्ण बैठक बसेर जिम्मेवारी बाँडफाँट गरिएको छ ।

जन सभाको आर्थिक परिचालन उप समितिका संयोजक एमाले जिल्ला जिल्ला उपाध्यक्ष लक्ष्मी बुढाले कार्यक्रमका लागि ८ देखि १० लाखसम्म खर्च लाग्ने अनुमान गरिएको बताइन् । ‘कार्यक्रमका लागि ८ देखि १० लाखसम्म खर्च हुने अनुमान गरेका छौ, त्यसै अनुसार तयारी थालिएको छ’ उनले भनिन् ।

,orning glory badhai

सवारी साधन, मञ्च व्यवस्थापन, खाना, आवाश लगायतमा खर्च हुने उप संयोजक बुढाले बताइन् । जन सभामा २५ हजार भन्दा बढी मानिस सहभागी हुने अपेक्षा गरिएको छ ।

‘सबै स्थानीय तहबाट कम्तिमा दुई हजार मान्छे सहभागी गर्ने कुरा भएको छ, त्यस अनुसार २५ हजार भन्दा बढी सहभागी संख्या पुग्न सक्छ’ उनले भनिन्,‘बर्षाले कति समस्या हुन्छ, त्यसलाई पनि हेरेर सहभागी तलमाथि हुन्छ ।’

एमाले जिल्ला कमिटीको पूर्ण बैठकले शनिबार उपाध्यक्ष बुढालाई आर्थिक परिचालन उप समितिको जिम्मेवारी दिएको थियो । समितिमा जिल्ला कमिटी सदस्य विष्णु कँडेल सह संयोजक छन् । एमाले जिल्ला कमिटी सदस्य जनकराज अवस्थी, अक्कल बहादुर विष्ट, शंकर जोशी, ओम वस्नेत, कमल रोकाया, जगतबल्लल जोशी र पार्वती जोशी समितिमा सदस्य छन् ।

dirghayi clinic

समितिका संयोजक बुढाले जनसभाको खर्च व्यवस्थापन जिल्ला कमिटीले गर्ने बताइन् । ‘अहिलेसम्म अन्य ठाउँमा खर्च आउने कुरा भएको छैन, जिल्ला कमिटीले सबै व्यवस्थापन गर्छ’ उनले भनिन् ।

एमाले अध्यक्ष ओली नेकपा एकीकृत समाजवादी सहित अन्य दलबाट एमाले आउन लागेका नेता कार्यकर्तालाई प्रवेशका लागि महेन्द्रनगर आउन लागेका हुन् । उनी यस अघि स्थानीय तह निर्वाचनमा बेलौरी आएका थिए ।

स्थानीय तह निर्वाचनमा बेलौरी आएको पाँच महिनापछि उनी महेन्द्रनगर आउन लागेका हुन् । सबै स्थानीय तहका उम्मेदवारलाई पायक पर्ने गरी अध्यक्ष ओलीले बेलौरीलाई प्राथमिकता दिएको भन्दै कार्यकर्ता असन्तुष्टि पोखेका थिए । केही उम्मेदवारले कार्यक्रम बहिस्कार समेत गरेका थिए ।

अध्यक्ष ओली एमाले केन्द्रीय सदस्य एवम् कञ्चनपुर सह इन्चार्ज कमला बोहराको पहुँचका आधारमा बेलौरी आएका थिए । बेलौरी नगरपालिकाको मेयरकी उम्मेदवार बोहरा फराकिलो मत अन्तरले पराजित भएकी थिइन् । अघिल्लो निर्वाचनमा एमाले उम्मेदवार तीन सय मतले मात्रै पराजित भएका थिए ।

अध्यक्ष ओलीले एमाले छाडेर समाजवादी गएका पूर्व जिल्ला इन्चार्ज बिक्रम बहादुर शाही, जिल्ला अध्यक्ष तारालामा तामाङ्ग, समानुपातिक साँसद विना बुढाथोकी, नेता बीर बहादुर बुढाथोकी, अशोक कुमार चन्द लगायतका नेतालाई स्वागत गर्ने भएका छन् । उनीहरुसंगै माओवादी केन्द्र लगायतका अन्य दलबाट पनि नेता कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम छ ।

एमाले उपाध्यक्ष बुढाले समाजवादी सहित अन्य दलबाट पनि नेता कार्यकर्ता एमाले आउने कार्यक्रम तय गरिएको जानकारी दिइन् । ‘समाजवादीबाट को को आउने भन्ने कुरा मोटामोटी बाहिर आइ सकेको छ, अन्य दलबाट आउने कुरा त्यहीं दिन थाहा हुन्छ’ उनले भनिन् ।

Himal dental
सम्बन्धित
Loading...