ghar sansar

सशस्त्रका नयाँ बिओपी इन्चार्जले देखाउन थाले तस्करी नियन्त्रणमा सक्रियता, अवैध रुपमा भित्रिएको पेय पदार्थ बरामद गरी नष्ट

khasi

दोधारा । सशस्त्र प्रहरीले दोधारा चाँदनीमा अवैध रुपमा भित्रिएको भारतीय उत्पादनका पेय पदार्थ बरामद गरी नष्ट गरेको छ । दोधारा चाँदनी नगरपालिका ३ पुर्णागिरी घाटमा भारतबाट अवैध रुपमा भित्रिएके स्प्राईट, डिउ लगायत भारतीय पेय पदार्थ सशस्त्र प्रहरीले बिहान बरामद गरेको हो ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का महेश राज भट्टको कमाण्डमा गएको गस्ती टोलीले उक्त प्रतिबन्धीत पेय पदार्थ बरामद गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी देबिस्थानका सशस्त्र प्रहरी निरीक्षक परविन फु¥यालले जानकारी दिएका छन् ।

dirghayi clinic

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्ना साथ भारतबाट अवैध रुपमा ल्याउँदै गरेको पेय पदार्थ फालेर भागेको बताईएको छ । बरामद पेय पदार्थ १५ हजार बरामद मूल्य रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी देवीस्थानका सशस्त्र प्रहरी निरीक्षक फु¥यालले बताए ।

बरामद पेय पदार्थलाई आज बिहान जनप्रतिनिधि, पत्रकार, बुद्धिजीवीको रोहवरमा नष्ट गरिएको छ् । सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी देबीस्थानमा सशस्त्र प्रहरी निरीक्षक आगमनपछि सीमा तस्करीमा कडाई गर्न थालेको स्थानीयले बताए ।

Himal dental
सम्बन्धित
Loading...