ghar sansar

एमाले अध्यक्ष ओलीले भने– गठबन्धन आफैं बनेको होइन, बनाई दिएको हो, फुट्ने जुट्ने केही होइन

dirghayu ad

महेन्द्रनगर । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन जनता नभएको बताएका छन् । महेन्द्रनगर स्मारकमा गरिएको जन सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनसित जनता नभएर नेता मात्रै भएको बताए ।

‘देशमा साँच्चिकै जागरण आएको छ, जनता यता, नेता उता’ कार्यक्रममा ओलीले भने,‘नेता गठबन्धनमा छन्, जनता एमालेमा, यति पनि आफैं बनेको होइन, अरुले बनाई दिएको हो ।’

ratnam malkhad

अध्यक्ष ओलीले अरुले बनाई दिएकाले गठबन्धन फुट्ने र जुट्ने नभएको उल्लेख गर्दै देश विकास र हितको पक्षमा नभएको बताए । ‘यो गठबन्धन देश हित, विकासका लागि बनेको होइन, यो आफैं पनि बनेको होइन’ उनले भने,‘त्यसैले यो फुट्ने जुट्ने पनि होइन ।’

गठबन्धन देश हितमा नभएपछि सरकारी पद छाडेर नेताहरु एमाले आउन लागेको उनले बताए । अध्यक्ष ओलीले अहिले आम सभालाई सम्बोध गरि रहेका छन् । उनी दिउँसो कार्यक्रम स्थलमा पुगेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...