ghar sansar

ओलीको संसद विघटन विरुद्ध सडकमा आएर पार्टी छाडेका नेता कार्यकर्ता एमालेमै फर्किए, ओलीले नै खादा लगाएर गरे स्वागत

khasi

महेन्द्रनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीको संसद विघटनको विरोध गरी पार्टी छाडेर नेकपा एकीकृत समाजवादी गएका नेता कार्यकर्ता एमाले फर्किएका छन् । महेन्द्रनगर स्मारकमा एमाले अध्यक्ष ओलीले उनीहरुलाई खादा लगाएर स्वागत गरेका छन् ।

dirghayi clinic

समाजवादीका पोलिटब्युरो सदस्य बिक्रम बहादुर शाही, सुदूरपश्चिम प्रदेश उप सचिव एवम् प्रदेश सभा सदस्य तारालामा तामाङ्ग, प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलबीर चौधरी, निर्वाचन आयोग सदस्य बीर बहादुर बुढाथोकी, बेदकोटका निवर्तमान मेयर अशोक कुमार चन्द, स्थानीय तह निर्वाचनमा मेयरका उम्मेदवारद्वय रामचन्द्र रेग्मी र सुरेन्द्र बम, जिल्ला उपाध्यक्ष पूर्णा गुरुङ्ग, उप सचिव आरती सार्की लगायतका नेता कार्यकर्ता एमाले फर्किएका छन् ।

Anant bahu travels

उनीहरुमध्ये चन्द, रेग्मी, बम बाहेक अधिकाँश नेताहरु एमाले विभाजन भएपछि समाजवादी गएका हुन् । मेयर चन्द लगायतका नेता स्थानीय तह निर्वाचन घोषणापछि गत चैतमा मात्रै समाजवादी गएका थिए ।

एमाले फर्किएका शाही समाजवादी जाँदा जिल्ला इन्चार्ज थिए । तामाङ्ग एमालेका पूर्व जिल्ला अध्यक्ष हुन् । पुनर्वासमा समाजवादीका नगर कमिटी नै एमालेमा समाहित भएको छ । पुनर्वास तामाङ्गको गृह नगर हो ।

Himal dental
सम्बन्धित
Loading...