एमाले प्रदेश अध्यक्ष भण्डारीले भने – एमालेको सरकार बनेपछि निर्मला पन्तका हत्यारालाई कानुनी कठघेरामा ल्याउँछौ
महेन्द्रनगर । नेकपा(एमाले)का सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले एमालेको सरकार बनेपछि निर्मला पन्तका हत्यारालाई कानुनी दायरामा ल्याउने बताएका छन् ।
महेन्द्रनगर स्मारकमा एमालेको जन सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले पन्त हत्या प्रकरणलाई राजनीति दल आफैं सरकारमा भएर पनि केही गर्न नसकेको भन्दै असन्तुष्टि जनाए ।
‘निर्मला पन्त प्रकरणलाई राजनीति रङ्ग दिने अहिले आफैं सरकारमा छन्’ उनले भने,‘एमाले सरकार बनेपछि कठघेरामा ल्याउँछौ ।’
भीमदत्त नगरपालिका २ उल्टाखामकी पन्तको बलात्कारपछि हत्या हुँदा एमाले अध्यक्ष ओली आफैं प्रधानमन्त्री थिए ।
सरकारले हत्यारालाई लुकाएर भन्दै ओली र तत्कालिन गृह मन्त्री राम बहादुर थापा बादलको चौतर्फी विरोध भएको थियो ।