राज्यमन्त्री छाडेर एमाले फर्किए चौधरी

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलबीर चौधरीले मन्त्री छाडेर एमाले फर्किएका छन् । उनलाई बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेस सहभागी भएपछि हेरफेर गरिएको मन्त्री मण्डलमा चौधरी राज्य मन्त्री भएका थिए । एकीकृत समाजवादीले त्यस अघि आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाएको थियो ।

deepaj
Mishra

रुाज्यमन्त्री चौधरी एमाले फर्किन अघि नै उनलाई पदबाट हटाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पदबाट हटाएका हुन् ।

राज्यमन्त्रीको हैसियतमा झण्डावाल गाडीमा महेन्द्रनगर स्मारक पुगेपछि उनलाई मन्त्रीबाट हटाइएको छ । उनले मन्त्रीबाट हटाएपछि झण्डावाल गाडी फिर्ता पठाई दिएका छन् ।

राज्यमन्त्री चौधरीसंगै निवर्तमान आर्थिक मामिला मन्त्री तारालामा तामाङ्ग, समाजवादीका नेता बिक्रम बहादुर शाही, बीर बहादुर बुढाथोकी लगायतका नेता पनि एमाले फर्किएका छन् । उनीहरु सबैलाई अध्यक्ष ओलीले स्वागत गरेका छन् ।

बेलौरी नगरपालिका चौधरी २०७४ को निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. १ ख बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी गत वर्ष भदौमा एमाले विभाजन भएपछि समाजवादी गएका थिए । उनी गत चैतमा राज्यमन्त्री भएका थिए ।

सम्बन्धित
Loading...