ओलीको दावी : १५० सीट जित्छौ, दुँनिया चकित पर्छ

महेन्द्रनगर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अगामी निर्वाचनमा १५० सिट जित्ने दाबी गरेका छन् ।

महेन्द्रनगर स्मारकमा गरिएको जन सभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले प्रत्यक्ष र समानुपातिकतमा गरी १५० सिट जित्ने दाबी गरेका हुन् ।

deepak

एमाले सत्ता बाहिर हुँदा समेत पार्टीमा प्रवेश गर्ने जनलहर बढेको उल्लेख गरेका ओलीले एमालेले जिते मात्र देशले जित्ने दाबी गरे ।

‘गठबन्धनले जिते देश हार्छ, विकास र समृद्धि हार्छ त्यसैले एमालेले जित्नुपर्छ । देशलाई जिताउने अभियानमा सबै सरिक हुनुस्,’ ओलीले भने, ‘आउँदो चुनावमा हामी प्रत्यक्ष र समानुपातिक गरेर कम्तीमा १५० सिट जित्नेछौं र दुँनिया चकित पर्नेछ ।’

सत्तारुढ गठबन्धनमा नेताहरु देखिए पनि जनता भने एमालेमै रहेको जिकिर उनको थियो । गठबन्धन सरकार राष्ट्रियताको रक्षा, विकास र समृद्धिका पक्षमा काम गर्न नसकेर शक्ति राष्ट्रसामू निरिह बनेको आरोप ओलीले लगाए ।

सम्बन्धित
Loading...