ghar sansar

समाजवादीमा दिन गन्दै बसेका रहेछन् तामाङ्ग

khasi

महेन्द्रनगर । एमाले फर्किएका नेकपा एकीकृत समाजवादीका नेता तारालामा तामाङ्गले केपी शर्मा ओलीलाई कञ्चनपुरमा एमालेलाई फेरि बलियो बनाउने आश्वास्त पारेका छन् । महेन्द्रनगर स्मारकमा अध्यक्ष ओलीले खादा लगाएर स्वागत गरेपछि आफ्नो मन्तव्य राख्दै उनले ओलीलाई ढुक्क भएर फर्किन आग्रह गरेका छन् ।

‘अध्यक्षज्यू ढुक्क भएर जानु होला, कञ्चनपुरमा एमालेलाई हिजोजस्तै बलियो बनाउँछौ’ उनले भने,‘हामी यहाँ फर्किएका कसैले पनि बार्गेनिङ्ग गरेको छैन ।’

सुदूरपश्चिम प्रदेश सभाका सदस्य नेता तामाङ्गले एमालेलाई बलियो बनाउन आफू सधैं लागि पर्ने बताए । ‘पार्टी बलियो हुने कुरामा सधैं लाग्छौ, पद को के हो कसलाई दिने नदिने भन्ने कुरा पार्टीभित्र गर्ने हो’ उनले भने ।

नेता तामाङ्गले टिकट पाए चुनाव लड्ने र नपाए पार्टीले टिकट दिएका नेतालाई जिताउनु लाग्ने उल्लेख गर्दै पार्टी बलियो बनाउन लागि पर्ने बताए ।

‘केही समय जिम्मेवारी छाडियो, अहिले पार्टीलाई बलियो बनाउन आएका हौ’ उनले भने,‘जे जति क्षति भएको छ, त्यसलाई पूर्ति गरी पार्टीलाई बलियो बनाउँछौ ।’

एमाले अध्यक्ष ओलीले संसद विघटन गरेपछि त्यस विरुद्ध सडकमा गएका उनी पार्टी विभाजन भएपछि गत वर्ष भदौ १९ गते समाजवादी गएका थिए । कार्यक्रममा उनले आफू एमाले छाडेर ३ सय ६० दिन मात्रै भएको सुनाए ।

dirghayi clinic

‘भदौ १९ गते सनाखत गरी गइयो, आफूले बनाएको पार्टी छाडेर हिँडियो’ उनले भने,‘हाम्रो गल्ती भयो, त्यो स्वीकरा गर्छौ, अरुलाई पनि छिटो फर्किन आव्हान गर्छौ ।’

तामाङ्ग गत वर्ष पनि अन्तिममा मात्रै समाजवादी गएका थिए । उनी पार्टी अन्तिममा आएर मात्रै विभाजनमा सहभागी भएका थिए । समाजवादी गएपछि उनी सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री भएका थिए । गत चैतमा उनलाई मन्त्रीबाट हटाइएको थियो ।

तामाङ्गले नमस्कार भनेपछि मन्तव्यको सुरुमा आफूहरुलाई बाटो भुलेर आज आधिकारिक रुपमा फर्किएको र माया चाहि नमारेको भनेका थिए । त्यसपछि उनले केही गर्न सकिन्छ भनेर भुलेर एमाले छाडेको ३ सय ६० दिन पुगेको उल्लेख गरे ।

‘नेकपा एमालेलाई माया मारेको होइन्, केही गर्न सकिन्छ कि भनेर भुलभुलैयामा परेर गए’ उनले भने, ३ सय ६० दिन भएको छ, हरेक दिन गनेको छु ।’

अध्यक्ष ओलीलाई राष्ट्रमा सबैको केन्द्र विन्दुका रुपमा भएको नेताका रुपमा चितित्र गरे ।

एमालेलाई तामाङ्गले विघटित नेकपाको निरन्तरता भएको उल्लेख गर्दै आफूहरु एमाले बलियो भएर देश बलियो हुने आकाँक्षा सहित फर्किएको बताए ।

पुनर्वासमा तामाङ्गले एमाले जिल्ला नेतृत्व सम्हालिन सकेका छन् । विद्यार्थी राजनीतिबाट एमालेमा आएकी उनी २०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी एमालेको सातौ जिल्ला अधिवेशनमा अध्यक्ष निर्वाचित भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...