ghar sansar

कञ्चनपुर १ बाट प्रतिनिधि सभा सदस्यका लागि विष्टको एकल नाम सिफारिश

khasi

महेन्द्रनगर । कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि दिवान सिह बिष्ट सिफारिश गरिएका छन् । काँग्रेसको प्रदेश समितिले संविधान सभा सदस्य विष्टलाई प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि एकल रुपमा सिफारिश गरेको हो ।

विष्ट यस अघि २०७४ को निर्वाचनमा पराजित भएका थिए । क्षेत्रीय समितिले निर्णय गरी विष्टको नाम जिल्लामा पठाउने तयारी गरेको छ ।

dirghayi clinic

प्रदेश समितिबाट सर्वसम्मत रुपमा विष्टको नाम सिफारिस भएर आएको निर्वाचन क्षेत्र नम्बर १ का सभापति गोपी उपाध्यायले जानकारी दिए ।

‘प्रतिनिधि सभाका लागि उहाँ (दिवान) को एकल नाम सिफारिस भएर आएको छ,’ उनले भने, ‘यसबारे थप निर्णय गर्न अहिले केहीबेमा क्षेत्रीय कार्य समितिको बैठक बस्दैछ।’

२०७० मा दिवाले बीनालाई हराएका थिए भने ७४ मा बीनाले दिवानलाई हराएका थिए । सत्तारुढ गठबन्धनमा चुनावी तालमेल भएपछि कञ्चनपुरका तीन निर्वाचन क्षेत्रमध्ये एक सीट माओवादी केन्द्रलाई पर्नेछ । त्यसमा निर्वाचन क्षेत्र नं. १ साँसद मगरका लागि छाड्नु पर्ने काँग्रेस नेताहरु बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...