ghar sansar

सरुवा गरिएका शिक्षकको नाम सार्वजनिक गर्न डरायो भीमदत्त, शिक्षा शाखामा बोलाएर गुपचुप पदस्थापन पत्र थमाउँदैै

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १९ बागफाँटास्थित लक्ष्मी माध्यमिक विद्यालय विद्यालयका निवर्तमान प्रधानाध्यापक प्रमानन्द नाथ बुधबार दिउँसो भीमदत्त नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखा पुगे ।

उनी पुग्न अघि शिक्षा शाखाका कर्मचारी सहित अन्य शिक्षकहरु बसेका थिए । नेपाल शिक्षक महासंघ कञ्चनपुरका अध्यक्ष निर्मला जोशी सहित विभिन्न विद्यालय प्रधानाध्यापक र शिक्षक त्यस अघि शाखामा पुगि सकेका थिए ।

भीमदत्तमा शाखा प्रमुख हरि दत्त जोशीको छुट्टै कार्यकक्ष छ । त्यहाँ भीमदत्तको सामाजिक विकास समितिका संयोजक सुशिल भट्ट, सत्यवादी माविका शिक्षक भानदेब भट्ट थिए ।

शिक्षा शाखाका अधिकृत दिपेन्द्र सिह विष्ट र प्राविधिक सहायक कलावति मिश्राको कोठामा नाथ सहित शिक्षक बसेका थिए । महासंघ अध्यक्ष जोशी त्रिवेणी आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।

लक्ष्मीका निवर्तमान प्रधानाध्यापक नाथले शाखा अधिकृत विष्टबाट सरुवा पदस्थापन पत्र बुझे । केही समय बसेर उनी शाखाबाट बाहिरिए ।

नाथको अनुहार निराश जस्तो देखिन्थ्यो । उनले लक्ष्मीबाट महेन्द्रनगर मावि कटानका लागि सरुवा पदस्थापन पत्र बुझेका थिए ।

बैशाख १० गतेको दरबन्दी मिलानमा भीमदत्तले बैजनाथ माविबाट कृष्णानन्द भट्टलाई पठाएपछि प्रधानाध्यापकको जिम्मेवारी खोसिएका नाथ महेन्द्रनगर मावि आएका हुन् । भीमदत्तमा पहिलो पटक दरबन्दी मिलान हुँदा उनी २०७८ मा लक्ष्मी पुगेका थिए ।

‘यो समान्य प्रक्रिया हो, प्रधानाध्यापक जिम्मेवारी हो, यो हुनु नहुनमा मलाई केही गुनासो छैन, जहाँ गए पनि पढाउने हो, स्कुल बनाउने हो’ उनले भने ।

भीमदत्तको शिक्षा शाखाबाट जानकारी पाएपछि उनी सरुवा पदस्थापन पत्र लिन त्यहाँ गएका थिए ।

भीमदत्त नगरपालिकाकाले यस पटक शिक्षक दरबन्दी मिलानको निर्णय सार्वजनिक नगरी शिक्षकहरुलाई शाखामा बोलाएर गुपचुप सरुवा पदस्थापन पत्र दिन थालेको हो ।

शाखाले सरुवा भएका सबैलाई मोबाइलबाट फोन गरी जानकारी दिएको शिक्षकहरु बताउँछन् । शाखाको जानकारी पाएका शिक्षकहरु अहिले शाखामा पुगेर सरुवा पत्र बुझेर फर्किन थालेका छन् ।

भीमदत्तको शिक्षा समितिले यस पटक शिक्षक सरुवा निर्णय गुपचुप राखेर शिक्षक पदस्थापन पत्र दिन थालेको हो । आधिकाँश शिक्षकले पत्र बुझेर जाँदा समेत शिक्षक सरुवाको निर्णय र सरुवा गरिएका शिक्षकको नामावली सार्वजनिक गरेको छै्न ।

नगरपालिका स्रोतका अनुसार कार्यपालिका निर्णय नभएकाले निर्णय सार्वजनिक गर्न सकिएको छैन ।

भीमदत्तका मेयर पदम बोगटी र प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम जिल्ला बाहिर भएकाले कार्यपालिका बैठक राख्न सकिने अवस्था छैन ।

कार्यपालिका बैठक बस्न सकिने अवस्था नभएपछि समितिले निर्णय गरेका आधारमा पत्र दिन थालिएको छ । शिक्षा समितिको अध्यक्ष पनि मेयर बोगटी नै छन् ।

dirghayi clinic

शिक्षक सरुवामा आउने असन्तुष्टिलाई सम्बोधन गर्न पनि नगरपालिका सरुवा सूची सार्वजनिक नगर्ने मनस्थितिमा पुगेको हो ।

बैशाख १० गतेको दरबन्दी मिलानपछि व्यापक विरोध भएको थियो । दरबन्दी मिलानपछि भीमदत्तलाई आफ्नै कर्मचारीसित कानुनी लडाई लड्नु् पर्ने अवस्था आएको छ ।

अघिल्लो दरबन्दी मिलानका असन्तुष्ट शिक्षकका लागि अहिले फेरि दरबन्दी मिलान थालिएको बताइन्छ । अहिलेको दरबन्दी मिलानमा गुपचुप सरुवा गरिएपछि सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ ।

अघिल्लो पटक शिक्षक महासंघ, शिक्षक ट्रेड र नगरपालिकासित सहज पहुँच भएका सबै शिक्षकलाई उनीहरुको चाहेका विद्यालयमा पठाएर विरोध रोकिएको थियो ।

यस पटक सामाजिक सञ्जालमा सरुवा सूची सार्वजनिक नगरी पत्र दिन थालिएको भन्दै असन्तुष्टि पोख्न थालिएको छ ।

शिक्षक तर्कराज जोशीले सामाजिक सञ्जालमा शिक्षक दरबन्दी मिलान लुकाएर राखिएकोमा असन्तुष्टि पोखेका छन् ।

जोशीले भनेका छन्, ‘भीमदत्त नगर पालिका अन्तर्गतको शिक्षा समितिले दरबन्दबी मिलानको कार्य सम्पन्न गरेको छ भन्ने कुरा चियापसलबाट थाहा हुन आयो । दरबन्दी मिलान भयो अरे, फलानाको सरुवा फलाना ठाउँमा भयो अरे । बिडम्बना त के भने शिक्षा समितिको पनि केही कर्तव्य पनि हुन आउँछ होला। दरबन्दी मिलानमा कुन कुन शिक्षकहरूको पदस्थापन कुन विद्यालयमा भयो, के कति कारणले भयो, नियमसँगत भएको छ कि छैन भनेर भन्नुपर्ने अवस्था पनि हुन्छ होला। तर केही मतलब छैन। जसले जे गरे पनि हुन्छ । न त्यसको रेकर्ड कहीँ देख्न पाएँ मैले, मैले मात्रै देख्नमा नपाएको हो अथवा सबैले त्यो त थहा भएन तर केही पहुँचवालालाई मात्र जानकारी गराउनु पनि त उचित नहोला कि ? अहिलेको युग आइटीको युग हो भन्ने गरिन्छ , प्रविधिमा फड्को मार्नु पर्छ भन्ने कुराहरू गरिन्छ। इन्टरनेटको समय हो, चिठी पत्रजस्ता कुराहरू त इन्टरनेट इमेलबाट नै पठाउन पनि सकिन्छ । कहि हाम्रो शिक्षा समिति, अठारौँ शताब्दीमा त बाँची रहेको छैन? अचम्म लाग्छ र दुख पनि लाग्छ, दरबन्दी मिलान जस्तो साधारण कुराहरूलाई पनि लुकाएर राख्न खोजिन्छ । अचम्मै छ है ।’

भीमदत्तको सामाजिक विकास समितिका संयोजक भट्टले अघिल्लो पटक विद्यालय मर्ज गर्दा दरबन्दी बढी भएका विद्यालयका शिक्षकलाई मात्रै अन्यत्र पठाउन लागिएको बताए ।

सामाजिक विकास समितिका संयोजक भट्टको नेतृत्वमा भीमदत्तको शिक्षक दरबन्दी मिलान सिफारिश कार्य दल छ ।

कार्यदलमा शिक्षक महासंघका अध्यक्ष जोशी, शिक्षा समितिका सदस्य डबल बहादुर विष्ट, शिक्षक महासंघ भीमदत्त नगर अध्यक्ष दिवाकर जोशी सदस्य छन् । समितिमा शिक्षा युवा तथा खेलकूद शाखाका अधिकृत दिपेन्द्र बिष्ट समितिमा सदस्य सचिव छन् ।

यस अघि पूर्व जिल्ला शिक्षा अधिकारी देबी दत्त भट्टको नेतृत्वमा कार्यदल गठन गरी दरबन्दी मिलान लगायतका कार्य गरिएको थियो ।

भीमदत्तको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले दरबन्दी मिलान निरन्तर चलि रहने बताए । 

बैशाख १० गतेको दरबन्दी मिलानमा १ सय १८ शिक्षकको पदस्थापन गरिएको थियो । त्यसमध्ये जानकी कन्या माध्यमिक बिद्यालयका प्रधानाध्यापक अन्जुला भट्ट सरुवा विरुवा प्रशासकीय अदालत पुगेकी छन् ।

अदालतले भट्टको सरुवा पदस्थापन कार्यान्वयन नगर्न अन्तरकालिन आदेश दिएको छ ।

माबि गणित बिषयका शिक्षक भट्टलाई जेसिज माबि राजीपुर सरुवा गरिएको थियो । केही दिन अघि भीमदत्त भट्ट विरुद्ध भ्याकेट निवेदन लिएर अदालत पुगेको थियो ।

अघिल्लो मिलानमा सात बिद्यालय समायोजन र २० बिद्यालय तह घटुवा गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...