धानबाली यसरी तहसनहस पारिएपछि वस्तीमा पुग्यो जम्बो टोली, आश्वासन दिएर फर्कियो

दोधारा । दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु हात्ती आतंक मच्चिएको सातापछि मात्रै बस्तीमा पुगेका छन् । वस्तीमा पुगेका उनीहरुले हात्ती नियन्त्रणका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

दोधारा चाँदनी नगरपालिका ३ को हात्ती पीडित वस्ती बडुवाल टोलमा उनीहरु पुगेका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु सहित उपमेयर गंगा देबी जोशी, वडा अध्यक्षहरु हरिसिंह धनाडी, पदम रावल, एमाले नेता खिमा चन्द, काँग्रेस नेता नाफू सिह साउँद, दोधारा चाँदनी नगरपालिका ३ का नितर्वमान वडा अध्यक्ष पुष्कर जोशी र सुरक्षाकर्मी पुगेका छन् ।

janjyoti campus

हात्तीको बथानले तीन सातादेखि वस्तीमा आएर आतंक मच्चाउँदै आएको छ । हात्तीले हालसम्म बालीनाली नष्ट गरेको वासिन्दाहरु बताउँछन् ।

विगतमा हात्ती आउँदा हात्ती बस्तीमा पस्दा अन्धकारमा भाग्नु पर्ने बाध्यता थियो । खेतमा अन्नबाली हरियो हुने बित्तिकै जंगली हात्तीको बथान बस्तीमा पस्दै आएको छ । यो क्रम अझै सम्म नरोकिएको स्थानीयहरुले बताउँदै आएका छन् । बडवाल टोल संगै जोडिएको भारतीय जंगलबाट रातिको समयमा आउने वन्यजन्तुले विगत लामो समय देखि सताउनु सताएको छ ।

भारतसंग जोडिएका दोधारा चाँदनी नगरपालिका मध्यवर्ती क्षेत्रका गाउँ बस्तीमा जंगली हात्ती पस्न थालेपछि स्थानीयमा त्रास रहदै आएको छ ।

नगर क्षेत्रमा विगत लामो समय देखि मानव र वन्यजन्तु बीच द्वन्द्व सुरु भइरहेको छ । खेतमा धान र मकै हरियो हुन थालेपछि बडवाल टोलमा हात्तीको ठूलो हुल रातिको समयमा पस्छ् । दर्जनौं किसानहरुले लगाएको अन्नबाली एकै रातमा नष्ट गर्छ । दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बुले स्थानियसंग समस्याको बारेमा जानकारी समेत लिएका छन् ।

विद्युत बत्तीको कारण समेत निकै समस्या देखिएको बताउदै मेयर लिम्बुले तत्कालको लागी बिद्युत बत्ती जडान र प्रत्येक घरको लागी एक सर्चलाईटको व्यवस्था गर्ने, झाडी सरसफाई गर्ने बताए ।

बडुवाल टोलमा हात्तीको समस्या निकै गम्भीर रहेको आफुले महशुस गर्दै आएको बताउदै हात्तीको आतंक निराकरणको लागी शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाउ लगाएत सरोकारवालासंग पहल गर्ने बताए । ‘हामी हात्तीको आतंकको बारेमा कार्यपालिका बैठकमा छलफल गरि समस्या हल गर्न तर्फ लाग्ने छौं’ दोधारा चादनी नगरपालिका मेयर किशोर कुमार लिम्बुले भने ।

दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा जोशीले सबै मिलेर समस्याको हल गर्न लाग्नु पर्ने बताएका छन् । ‘हामी कार्यपालिकाको बैठकमा प्रमुखताको साथ बडुवाल टोलको हात्तीको समस्या हल गर्न तर्फ निर्णय गर्ने छौं’ उनले भनिन् ।

ghar sansar
सम्बन्धित
Loading...