
महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका नेता कृष्णदत्त जोशी बोक्सरले भीमदत्त नगरपालिकाका जनप्रतिनिधिका एक सय दिनमा उपलब्धि विहीन भएको बताएका छन् । उनले स्थानीय तह निर्वाचनमा गरिएको वाचा अनुसार नगरपालिकामा कुनै पनि काम सुरु नभएको बताए ।
‘घोषणा पत्र अनुसार केही भएन, गाई व्यवस्थापन गर्छौ भने, त्यहाँ पनि केही भएन’ उनले भने, ‘नगरपालिका ऋणमा छन्न भने बाहेक अरु केही भएन, उपलब्धि त केही पनि भएन ।’
बोक्सर स्थानीय तह निर्वाचनमा भीमदत्तको उप मेयरका उम्मेदवार थिए । उनी उप मेयर निलम लेखक जोशीसित थोरै मत अन्तरले पराजित भएका थिए ।
नेता जोशीले नगरको विकासका लागि आफूहरुले पनि मेयर सहित जनप्रतिनिधिलाई दबाव दिने गरिएको बताए ।
