ghar sansar

कञ्चनपुर निर्माण व्यवसायी संघको १४ अधिवेशनमा अवस्थी प्यानलको उम्मेदवारी घोषणा

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर निर्माण व्यवसायी संघको १४ औं अधिवेशनका लागि पुष्पराज अवस्थी प्यानलको उम्मेदवारी घोषणा गरिएको छ । संघका पूर्व अध्यक्ष सहितको सहभागितामा पत्रकार सम्मेलन गरी अवस्थी प्यानलको उम्मेदवारी घोषणा गरिएको छ ।

संघको २५ औ वार्षिक साधारण सभा तथा १४ औं अधिवेशन भदौ २४ गते हुन लागेको छ । संघको अध्यक्षमा अवस्थीले केही दिन अघि पत्रका सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका थिए । हाल उनी संघमा वरिष्ठ उपाध्यक्ष छन् । उनी १३ औं  अधिवेशनमा वरिष्ठमा निर्वाचित भएका थिए ।

ratnam malkhad

अवस्थी प्यालनमा वरिष्ठ उपाध्यक्षमा अमर बहादुर बम, उपाध्यक्ष शक्ति पन्त विष्ट, महासचिव अमर बहादुर मल्ल, सचिव सूर्य बहादुर चन्द, कोषाध्यक्ष तेज बहादुर चन्द र सह कोषाध्यक्ष यज्ञ वैज उम्मेदवार घोषणा गरिएका छन् ।

अवस्थीका प्यानलका कोषाध्यक्षका उम्मेदवार चन्द अघिल्लो निर्वाचनमा कोषाध्यक्षमा चुनाव लडेका थिए । वरिष्ठ उपाध्यक्षका उम्मेदवार बम संघका पूर्व सचिव र प्रदेश महासंघको अध्यक्ष भई सकेका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार अवस्थीले निर्माण व्यवसायी सबैको भावनालाई सम्मान नगरी एकलौटी रुपमा जान खोजिएपछि सर्वसम्मत समिति चयन गर्न नसकिएको बताए ।

‘मिलाएर जाऔ भन्दा एकलौटी गरिएपछि सहमति हुन सकेन, त्यसपछि लोकतान्त्रिक प्रक्रिया अनुसार चुनावी मैदानमा आएका छौ’ उनले भने,‘सबैको साथ र सहयोग पाउनेमा आशावादी छु ।’

अवस्थीले संघ बाहिर रहेका व्यवसायीलाई आवद्ध गर्ने, संघमा ठेक्का व्यवस्थापनका लागि कर्मचारी राख्ने, संघको हकहितलाई ध्यान दिएर आफू अघि बढ्ने बताए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष गजेन्द्र बहादुर चन्द र पूर्व रामदत्त लेखक लगायतका व्यवसायी सहभागी भएका छन् ।

संघका पूर्व अध्यक्ष चन्दले संघका अगुवाले केही व्यवसायीलाई बोकेर अघि बढेपछि सहमतिको प्रयास सफल हुन नसकेको बताए । ‘संघमा सहमति गरी अघि जानु पर्ने थियो, अगुवाले दुई चार जना बोकेपछि सहमति हुन सकेन’ उनले भने ।

निवर्तमान अध्यक्ष चन्दले निर्माण व्यवसायी धेरै समस्या रहेको उल्लेख गर्दैै व्यवसायीले एक अर्काको अस्तित्व स्वीकार नगर्दा धराशायी हुन सक्ने चिन्ता व्यक्त गरे ।

‘यी ठूला गाडीमा हिँडेका छन् भनेर पनि भन्छन् होला, व्यवसायी घर न घाटको हुने अवस्था छन्’ उनले भने,‘मै ठूलो तँ ठूलो भन्ने भावना नछाड्ने हो भने व्यवसायी धराशायी हुन सक्छन् ।’

संघको १४ औं अधिवेशनका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष निरञ्जन प्रसाद भट्टले यस अघि चुनावी प्यानल घोषणा गरि सकेका छन् ।

Himal dental
सम्बन्धित
Loading...