हात्ती पीडित वस्तीका विद्यालय : शिक्षकले पढाउँछन्, निदाउँछन् विद्यार्थी

पप्पु गुरुङ्ग
दोधारा । गणेश आधारभूत विद्यालयका विद्यार्थी कक्षामा निदाउने गरेका छन् । दोधारा चाँदनी नगरपालिका ३ जगबुडा नदीको पारिको बडुवाल टोल बस्तीस्थित गणेश आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थी शिक्षकले पढाउँदा पढाउँदै कक्षा कोठामा निदाउने गरेका छन् ।

बडुवाल टोलमा हात्तीको आतंकको कारण रातभरी घरमा बालबालिका सुत्न नपाएको कारण विद्यालयमा शिक्षक, शिक्षिकाहरुले पढाउँदै गरेको बेला कक्षा कोठामा निदाउने गरेको शिक्षकहरुले बताएका छन् । झण्डै ३ सातादेखि बडुवाल टोलमा भारतसंग बस्ती भित्रिएको जंगली हात्तीको आतंकले स्थानीय रातभरी जाग्राम बस्दै आएका छन् ।

janjyoti campus

हात्तीले स्थानीयको खेतवाली पुर्णरुपमा नष्ट गर्दै आएको छ् । स्थानियहरुले लगाएको धान तथा मकै खेती जंगली हात्तीले खाएर तथा उधनेर नष्ट गर्न थालेपछि स्थानियहरुमा खाद्यान्नको चिन्ताले सताएको छ् । घर नजिक रातीको समयमा अझङ्गको हात्ती आउदा स्थानियहरुमा भागदड चल्ने गरेको स्थानियबासी बल बहादुर सुनारले बताए ।

‘रातीको समयमा खेती पाती जोगाउनु भन्दा ज्यान कसरी बचाउनु भन्ने चिन्ता बढी हुन्छ्’ स्थानिय बल बहादुर सुनारले भने, ‘मोबाईलको सहारामा ज्यान बचाउन भाग्नु पर्ने हुन्छ् । रातभरी आफ्नो नानीहरुलाई बचाउनै चिन्ता बढी हुन्छ् ।’

रातभरी हातीको आतंकको कारण विद्यालयमा विद्यार्थिको पठनपाठन समेत प्रभावित बन्दै गएको विद्यालयका शिक्षकहरु बताउँछन् । विद्यालयमा अध्यनरत १ सय ५० जना विद्यार्थी नियमित आउने विगतका दिनमा जंगली हात्तीको आतंकपछि विद्यालयमा ५० देखि ६० विद्यार्थी आउने गरेको विद्यालयका शुक्र सिंह चाडले बताए ।

‘केही दिन अघि १ सय ५० विद्यार्थीहरु विद्यालयमा आउने गर्थे, हात्तीले बस्तीमा आतंक मच्चाउन थालेसंगै दैनिक ५० देखि ६० विद्यार्थी मात्रै विद्यालयमा आउने गरेका छन्’ प्रधानध्यापक चाडले भने, ‘हात्तीले सुत्न नदिएको कारण विद्यालयमा समेत प्रभाव परेको छ ।’

कक्षा ५ मा अध्यनरत ममता भाटले रातीको समयमा हात्तीको कारण रातभरी सुत्न नपाईने बताएका छन् । ‘घर नजिकै हात्तीकोे बथान आएर घर भत्काउने गरि कराउन थाल्छ्, ज्यान बचाउन भाग्नु पर्छ्’ ममता भाटले भने ।

नजिकको भारतीय जंगलबाट दैनिक १८ वटा हात्ती बस्तीमा भित्रिदै गर्दा स्थानीय सुत्न नपाएको अर्का स्थानिय डुब्बु सार्कीले बताए ।

हात्ती धपाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत राभरी बडुवाल टोलमा परिचालित हुँदै आएको सुरक्षाकर्मी बताउँछन् । हात्ती धपाउन बडुवाल टोल गएको टोली बिहान मात्रै फर्किने गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) ले जनाएको छ ।

ghar sansar
सम्बन्धित
Loading...