ghar sansar

२४ वर्षकै उमेरमा निर्माणमा चुनाव लड्दै छन् व्यवसायी जोशी पुत्र पारस

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्माण व्यवसायी संघको १४ औं अधिवेशनमा पारस जोशी सदस्यका लागि चुनावी मैदानमा होमिएका छन् । कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष गणेशदत्त जोशीका छोरा पारस २४ वर्षको उमेरमा निर्माणको सदस्यमा चुनाव लड्न लागेका हुन् । उनी एक वर्षदेखि जोशी बिल्डर्स एण्ड कम्पनीका निर्देशक छन् ।

‘म एक वर्षदेखि निर्देशक भएर काम गर्र्दै आएको छु, यस पटक निर्माणमा सदस्यका लागि चुनाव लड्न लागेको छु’ उनले भने,‘अहिले त्यसका लागि प्रचारप्रसारमा छु ।’

,orning glory badhai

जोशीका बुवा गणेशदत्त पनि निर्माण र व्यापार दुबै क्षेत्रमा सक्रिय छन् । उनका हजुर बुवा पनि व्यापार र निर्माण व्यवसायमा सक्रिय थिए । पुख्र्यौली पेशालाई निरन्तरता दिएर व्यवस्थापनमा संकायमा डिग्री गरेका जोशीले त्यसैलाई निरन्तरता दिएका छन् ।

dirghayi clinic

‘हो, अब म पनि पूर्ण रुपमा निर्माण व्यापारको क्षेत्रमा लाग्छु’ उनले भने,‘बाबु बाजेले पनि यहीं पेशा गर्दै आउनु भएको छ, म पनि यसैमा लाग्छु ।’ उनका बुवा जोशी पनि निर्माण व्यवसायी संघमा मतदाता छन् ।

शंकरदेब क्याम्पसबाट सूचना प्रविधि व्यवस्थापनमा स्नातक गरेका उनले भारतको सेमबायोसिस विश्वद्यिालयमा व्यवस्थापन प्रशासनमा स्नातकोत्तर गरेका हुन् ।

उनी गत वर्ष अघि मात्रै अध्ययन पूरा गरी घर फर्किएका हुन् । घर फर्किएपछि उनी कम्पनीको निर्देशक भएका छन् । ‘पढाई सकेर आएपछि म निर्देशक भए’ उनले भने,‘अब प्रोफेसनली यसै पेशामा लाग्छु ।’

निर्माण व्यवसायी संघको भदौ २४ गते २५ औं साधारण सभा तथा १४ औं अधिवेशन हुने लागेको छ । अधिवेशनमा संघका वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थी र निवर्तमान वरिष्ठ उपाध्यक्ष निरञ्जन प्रसाद भट्टका चुनावी प्यानल घोषणा गरिएको छ ।

अधिवेशनमा संघमा सात सदस्य निर्वाचित हुने छन् ।

Himal dental
सम्बन्धित
Loading...