ghar sansar

कञ्चनपुर ३ मा यस कारण दोहोरिन चाहन्छन् एमाले साँसद भट्ट, टिकटका लागि भट्ट र पाल प्रदेशमा सिफारिश

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा नेकपा एमालेका साँसदद्वय डा. दिपक प्रकाश भट्ट र निरुदेवी पाल उम्मेदवारका लागि सिफारिश भएका छन् । एमालेको निर्वाचन क्षेत्र समन्वय कमिटीमा आकाँक्षीबीच छलफलपछि आएका उनीहरु दुबैको नाम एमाले प्रदेश कमिटीमा सिफारिश गरिएको हो ।

साँसद भट्ट २०७४ को निर्वाचनमा निर्वाचित भएका हुन् । अर्का साँसद पाल भने समानुपातिक हुन् । समानुपातिक साँसद पाल २०६४ को संविधान सभा उप निर्वाचनमा तत्कालिन कञ्चनपुर क्षेत्र नं. ४ बाट पराजित भएकी थिइन् । संविधान सभा निर्वाचनमा एमालेका राजेन्द्र सिह रावल चुनाव लडेका थिए ।

Anant bahu travels

साँसद भट्टले २०५१ को मध्यावधि निर्वाचनपछि क्षेत्र नंं. ३ मा एमालेलाई जिताएका हुन् । उनले काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई पराजित गरेका थिए । लेखक २०५६ देृखि २०७४ सम्म क्षेत्र नं. ३ मा निरन्तर साँसद भएका थिए ।

एमालेमा बौद्धिक नेताका रुपमा चिनिने भट्टले अघिल्लो निर्वाचनमा गरिएका चुनावी वाचा अनुसारका काम गरेका छन् । २०५६ देखि बन्द मझगाउँ विमानस्थल पुनः सञ्चालन, महाकाली प्रादेशिक अस्पताल सुधार, महाकाली कोरिडोरको ब्रह्मदेब कौवानी खण्ड निर्माण सुरु, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण सुरु लगायतका कार्य साँसद भट्टले अघि बढाएका छन् ।

सरकारले २०६६ मा घोषणा गरेको सुख्खा बन्दरगाह निर्माण कार्यलाई अघि बढाउन उनले चुनाव जितेपछि प्राथमिकता दिएका थिए । उनी चुनाव जितेर निर्माण स्थलमा कञ्चभोजमा बनाउन नदिने भन्दै विरोध गरिएको थियो । त्यसपछि दोधारा चाँदनीको १ र २ नम्बरमा सारेर सुख्खा बन्दरगाह निर्माण कार्य अघि बढाइएको थियो ।

dirghayi clinic

महाकाली नदीको चार लेन पक्की पुल र पहुँच मार्ग निर्माणका साँसद भट्टले सक्रियता देखाएका छन् । महाकाली नदी पुलको पहुँच मार्गको जग्गा अधिग्रहणमा उनी रात दिन खटिएका थिए ।

महाकाली कोरिडोर निर्माण कार्यलाई उनले आइई गरी अघि बढाएका छन् । कोरिडोरको ठेक्का निर्माण भएर अहिले निर्माण कार्य सुरु गरिएको छ ।

एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकमा उम्मेदवारीको आकाँक्षा राख्दै साँसद भट्टले आफ्नो कार्यकाल थालिएका विकास निर्माण कार्यलाई अघि बढाउन आफूलाई फेरि अवसर दिनु पर्ने धारणा राखेको नेताहरु बताउँछन् ।

एमालेमा परराष्ट्र र सुरक्षा मामिलाका जानकार भट्ट विद्यार्थी राजनीतिबाट एमाले आएका हुन् । उनले कैलालीका गेटास्थित मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउने अभियान अघि बढाएका छन् ।

साँसद भट्टको अभियानपछि संसदीय समिति गठन भएर संसदको शिक्षा तथा स्वास्थ्य समितिमा प्रतिवेदन पेश गरिएको छ ।

साँसद भट्टसंगै सिफारिश अर्का पाल अहिले एमाले कञ्चनपुरका जिल्ला इन्चार्ज छन् । उनी एमालेको पोलिटब्युरो सदस्य पनि हुन् ।

एमालेमा साँसदका लागि उनी सहित अर्का पोलिटब्युरो सदस्य राजेन्द्र सिह रावल, ईश्वरी प्रसाद खरेल र हिरा सार्कीले पनि दावी राखेका थिए । निर्वाचन क्षेत्रीय समन्वय कमिटीमा छलफलपछि साँसदद्वय भट्ट र पाललाई प्रदेश कमिटीमा सिफारिश गरिएको हो ।

Himal dental
सम्बन्धित
Loading...