महेन्द्रनगर । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका साँसद विना मगर कञ्चनपुर क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि एकल सिफारिश भएकी छन् । माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्यमा मगर सहित प्रदेशका उम्मेदवारका बिहीबार नामावली प्रदेश कमिटीमा सिफारिश गरेको हो ।
साँसद मगर २०७४ को आम निर्वाचनमा निर्वाचित भएकी थिइन् । उनी आगामी निर्वाचनमा पनि उम्मेदवारका लागि सिफारिश भएकी छन् ।
साँसद मगर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहरी हुन् । उनी २०७० मा पहिलो पटक चुनाव लडेकी हुन् । पहिलो संविधान सभा सदस्य निर्वाचनमा उनी पराजित भएकी थिइन् ।
२०७० मा काँग्रेसका दिवान सिह विष्टसित पराजित मगरले २०७४ मा उनलाई हराएकी थिइन् । अहिले विष्ट पनि काँग्रेसबाट एकल सिफारिश भएका छन् । काँग्रेस यस क्षेत्रमा चुनावी गठबन्धन नगर्ने घोषणा गरि सकेको छ ।
निर्वाचन क्षेत्र नं. १ बाट जिउलाल चौधरी, प्रेम सिह बोहरा, मनोहर राना, मन्कु चौधरी, गोपाल काफ्ले, राम बहादुर देउकर(रक्तविज) र सीता विक समानुपातिकमा सिफारिश भएका छन् ।
निर्वाचन क्षेत्र नं. १ क बाट कञ्चन गिरी, दिपक तिमिल्सिना, दिपक बिसी(आर्दश), भक्ता राना, लोकेन्द्र लम्साल प्रत्यक्ष र समानुपातिकमा कृष्ण पण्डित, पदम परियार, फुल्लन राना, बिरबल विश्वकर्मा, भागुराम चौधरी, रिता विक समानुपातिकमा सिफारिश भएका छन् ।
काँग्रेस छाडेर माओवादी गएका पुष्कल चौधरी, राजेन्द्र जोशी, रामलाल राना प्रदेश ख मा प्रत्यक्षमा उम्मेदवारका लागि सिफारिश गरिएका छन् । यसैगरी समानुपातिकमा गणेश सुनार, चन्द्र सिह विक, नन्द्रकिशोर एसके, दिपा चौधरी र सहबिर सुनार सिफारिश भएका छन् ।