ghar sansar

दोधारा चाँदनीमा आत्महत्या रोक्न युवालाई प्रशिक्षण

dirghayu ad

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा आत्महत्या न्यूनीकरणका लागि युवालाई प्रशिक्षण दिइएको छ । सनसेट नेपालले दोधारा चाँदनी नगरपालिका र एनएनएसडब्लुए, डिसिए,स्वीट नेपाल,निडस नेपाल,टिपीओ नेपाल, संजीवनी नेपाल लगायत संस्थाको सहकार्यमा प्रशिक्षण कार्यक्रम गरेको छ ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका एक सय भन्दा बढी युवा युवती सहभागी भएका छन् । जिल्ला प्रहरी कार्यालयका एसपी श्याम सिह चौधरी, एनएनएसडब्लुएका कार्यक्रम अधिकृत प्रभुनिधि पन्त, मेलमिलापकर्ता गगन खत्री,टिपिओ नेपालका पुर्ण बहादुर क्षेत्री,स्वीट नेपालका अध्यक्ष अमिर तिरुवा लगायतले प्रशिक्षण दिएका छन् ।

ratnam malkhad

सनसेट नेपालका अध्यक्ष रमेश भण्डारीको अध्यक्षतामा गरिएको कार्यक्रममा दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्ब प्रमुख तथा नगर प्रमुख गंगा जोशी र प्रहरी प्रमुख श्याम सिह चौधरी विशिष्ठ अतिथि थिए ।

कार्यक्रममा मेयर लिम्बुले युवालाई हरेक सचेतनामुलक कार्यक्रममा सहयोग गर्ने बताए । स्वीट नेपालका अध्यक्ष तिरुवाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

सनसेटका सल्लाहाकार पुनम थापामगरले स्वागत मन्तव्य राखेको कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा सनसेटका निर्मला सुनार,गिता सुनारले गरेका थिए । कार्यक्रम समापनमा हामी कोही पनि आत्महत्या गर्देनौ, अरुलाई गर्ने दिदैनौ भन्ने प्रतिबद्धता सहित कार्यक्रम सकिएको छ ।

Himal dental
सम्बन्धित
Loading...