ghar sansar

महाकाली विभेद प्रकरणमा पीडितलाई न्याय र दोषीलाई कारवाहीका लागि सहयोग गर्न राजनीति दल सम्बद्ध दलित जनवर्गीय संगठनको आग्रह

khasi

महेन्द्रनगर । राजनीतिक दल सम्बद्ध भातृ संगठनहरुले महाकाली नदीको भुजेला घाटमा ऋषि पञ्चमकी दिनमा जातीय भेदभाव गरिएका दतिल समुदायका ब्रतालु महिलालाई न्याय र पूजापाठ गर्न अस्वीकार नगर्ने पुजारी कानुन अनुसार कारवाहीका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

राजनीतिक दल सम्बद्ध आधा दर्जन भातृ संगठनले शनिबार संयुक्त विज्ञप्ति जारी गरी जातीय विभेद गर्ने पुजारी सहदेब भट्टलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान अघि बढाएकाले कानुन अनुसार पीडितलाई न्याय र पुजारीलाई कारवाहीका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

western public academy

‘कानुनी राज्यको अवधारणा अनुसार जातीय विभेद र छुवाछुतको व्यवहार गर्ने सहदेब भट्ट उपर नेपालको संविधान जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार घट्नाका दोषीलाई सजायका लागि जाहेरी दर्ता गरिएको छ’ संयुक्त विज्ञप्तिमा भनिएको छ,‘प्रहरी प्रशासनले जातीय भेदभाव कसुर सम्बन्धी मुद्दामा अनुसन्धानका लागि विभेदकारी पुजारी सहदेब भट्टलाई हिरासतमा लिई अनुसन्धान अगाडि बढाई रहेको अवस्थामा अनुसन्धान र न्यायिक प्रक्रियालाई सहयोग गरी पीडितलाई न्याय र दोषीलाई कानुन बमोजिम हदैसम्मको कारवाहीको लागि हामी जोडदार माग गर्दछौ ।’

ऋषि पञ्चमीका दिन भुजेला घाटमा ब्रतालु दलित समुदायका महिलाको पुजापाठ गर्न अस्वीकार गरेपछि भीमदत्त नगरपालिका १० का पुजारी भट्ट विरुद्ध भीमदत्त नगरपालिका ५ बनगाउँका सन्जु नेपाली लगायतले जातीय भेदभाव सम्बन्धी मुद्दामा जाहेरी दिएका थिए । महिलाहरुको जाहेरीपछि पुजारी भट्टलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले पुजारीलाई पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान अघि बढाएपछि उनलाई छुटाउन ब्राह्मण समाज सडकमा निस्किएको छ । ब्राह्मण समाजले पुजारी भट्टलाई सम्मान रिहा गर्न पर्ने माग अघि सारेको छ ।

dirhayu

राजनीतिक दल सम्बद्ध संगठनले पीडितले न्याय माग्न खोज्दा सामाजिक सद्भावको प्रचार गरी जातीय द्वन्द्व बढाउने, सामाजिक सञ्जालमा जातीय विभेद दुरुत्साहन गर्ने लगायतका गतिविधि थालिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

‘सामाजिक सद्भाव विभिन्न जातजातीबीच द्वन्द्व बढाउने, सामाजिक सञ्जालमा जातीय विभेद बढाउन दुरुसात्साहन गर्ने जातीय हिंसा बढाउने खालका कुनै पनि गतिविधि नगर्न नगराउनु सम्बन्धित सबै पक्षलाई यसै विज्ञप्ति मा्र्फत अनुरोध गर्दछौ’ विज्ञप्तिमा भनिएको छ ।

राजनीतिक दलका संगठनले जातीय आधारमा हुने सबै प्रकारका विभेद र छुवाछुत बहिस्करणको अन्त्य गरी समतामुक समाज निर्माणको अभियानमा सबै जातजाती,धर्म समुदाय, राजनीतिक दल, संगठन बुद्धिजीवि सबैलाईमा अपील गरेका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजका सचिव तारा रैकाल, नेपाल दलित संघका जिल्ला सदस्य राजेन्द्र चुनारा, नेपाल दलित मुक्ति मोर्चाका जिल्ला संयोजक शिवी लुहार, नेपाल दलित मुक्ति संगठनका जिल्ला अध्यक्ष मदन सिह सेराला, जात व्यवस्थापन उन्मूलन मोर्चाका सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण पोखरेल र दलित विद्यार्थी मञ्चका केन्द्रीय उपाध्यक्ष राजीव दमाईले संयुक्त विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

विज्ञप्तिमा उनीहरुले पुजारीले दलित समुदायका महिलालाई पुजापाठ गर्दैन र मेरो धर्म मान्दैन भनेर अस्वीकार गरी सार्वजनिक स्थानमा जातीय भेदभाव गरिएकोमा उल्लेख गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...