ghar sansar

बैतडीमा जातीय रुपमा अपमान हुने गरी फेसबुकमा गालीगलौज गर्ने चन्दलाई दुई महिनाको कैद सजाय

महेन्द्रनगर । बैतडीमा जातीय रुपमा अपमान हुने सामाजिक सञ्जाल फेसबुकमा गालीगलौज गर्ने एक जनालाई दुई महिना कैद सजाय सुनाएको छ ।

daimond public

जिल्ला अदालत बैतडीले जातीय रुपमा अपमान हुने गालीगलौज गर्ने पञ्चेश्वर गाउँपालिका ४ का प्रकाश चन्दलाई दुई महिना कैद, २५ हजार क्षतिपूर्ति र ५ सय जरिवनाको फैसला गरेको हो ।

lotus institite

चन्दले मेलौली नगरपालिका ५ का बलभद्र दयालाई २०७८ बैशाख ३ गते फेसबुकमा जातीय रुपमा अपमान हुने गरी गालीगलौज गरेका थिए । त्यस विरुद्ध दयालले दायर मुद्दामा जिल्ला अदालतले भदौ २० गते फैसला गरेको हो ।

अदालतले सजाय सुनाएका चन्द फरार छन् । उनी भारतमा बस्दै आएको प्रहरीको आशंका छ ।

Himal dental
सम्बन्धित
Loading...