दलित समुदायका ब्रतालु महिलाको पुजापाठ नगर्ने पुजारी १० हजार धरौटीमा छुटे

महेन्द्रनगर । ऋषि पञ्चमीका दिन महाकाली नदीमा दलित समुदायका ब्रतालु महिलाहरुको पुजापाठ गर्न अस्वीकार गरेपछि जातीय भेदभाव तथा छुवाछुत अपराध मुद्दामा पक्राउ गरिएका पुजारी सहदेब भट्ट धरौटीमा छुटेका छन् । जिल्ला अदालतले सोमबार थुनछेक बहसमा पुजारी भट्टलाई १० हजार धरौटी छाड्न आदेश दिएको हो ।

Mishra

भीमदत्त नगरपालिका ५ का सन्जु नेपाली लगायतले सार्वजनिक स्थानमा आफूहरुको पुजापठ नगरी जातीय रुपमा विभेद गरिएको भन्दै पुजारी भट्ट विरुद्ध गत हप्ता जाहेरी दिएकी थिएका थिए ।

deepaj

त्यसका आधारमा पक्राउ गरिएका भट्टमाथि प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएपछि आइतबार अदालतमा मुद्दा दायर भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले पुजारी भट्टलाई १० हजार धरौटीमा छाड्न आदेश दिएपछि छाडिएको बताए । ‘अदालतको आदेशपछि पुजारीलाई छाडिएको छ’ उनले भने ।

सम्बन्धित
Loading...