राससको कार्यालय भवन बनाउने निर्माण व्यवसायी फुँयाल सम्मानित

महेन्द्रनगर । राष्ट्रिय समाचार समितिको कार्यालय भवन बनाउने निर्माण व्यवसायी ज्ञानेन्द्र प्रसाद फुँयाल सम्मानित भएका छन् । भवनको उद्घाटन कार्यक्रममा बुधबार जि .के. ग्रुफ निर्माण सेवाका सञ्चालक फुयाँललाई सम्मान गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा महेन्द्रनगरस्थित राससको कार्यालय भवन निर्माण गरिएको छ । राससको पूरानो भवन भत्काएर नयाँ भवन बनाइएको हो । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले भवन उद्घाटन गरेका छन् ।

कार्यक्रममा अध्यक्ष मन्त्री रावलले निर्माण व्यवसायी फुँयाललाई सम्मान पत्र प्रदान गरी सम्मानित गरेका हुन् । कार्यक्रममा राससका अध्यक्ष धर्मेन्द्र झा लगायतका सहभागी भएका छन् ।

Sisu
सम्बन्धित
Loading...