ghar sansar

बाल दिवसमा छात्राले देखाए लगातार कला, मञ्चमै देखिएनन् छात्र

little buddha academy
khasi

महेन्द्रनगर । ४८ औं राष्ट्रिय बाल दिवसको अवसरमा बुधबार बाल मनिदरमा अन्तर पालिका हाजिर जवाफ प्रतियोगिता सकिएपछि औपचारिक कार्यक्रम सुरु गरियो । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अशोक सिह भण्डारी, काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामी लगायतका अतिथि मञ्चमा आसिन थिए । बाल संगठन कञ्चनपुरका सभापति राम बहादुर बुडा कार्यक्रमका अध्यक्ष थिए ।

अतिथिको आशन ग्रहणपछि कार्यक्रम ब्याच वितरण, राष्ट्रिय गान र मौन धारणा कार्यक्रम गरिए । त्यसपछि स्वागत गीतमा छात्राहरुले नाचेर अतिथिहरुलाई स्वागत गरे ।

,orning glory badhai

छात्राहरुले नाचेर स्वागत गरेको एक छिनपछि कार्यक्रमका सञ्चालक बाल संगठनका सचिव दिर्घराज भट्टले गीतका लागि सार्क एजुकेसन फाउन्डेसनका रिजन सिनालाई गीतका लागि मञ्चमा बोलाए । एक छिनपछि उनी बाहिर निस्केको जानकारी आएपछि मन्तव्यका लागि अतिथिलाई आमन्त्रण गरिए ।

त्यसपछि भने कार्यक्रममा नाचगान र अतिथिको मन्तव्य एकपछि अर्काे गरी हुन थाले । कार्यक्रमका अध्यक्ष बुडाले समापन गर्न अघिसम्म छात्राहरुले विभिन्न प्रस्तुतीहरु देखाए ।

छात्राहरुले एकपछि अर्को प्रस्तुती देखाउँदासम्म छात्रा भने कोही पनि मञ्चमा देखिएन । कार्यक्रममा भने हाजिर जवाफ प्रतियोगितामा भाग लिन आएका ६ स्थानीय तहका विद्यालयका छात्र छात्रा सहभागी भएका थिए । सहभागीहरुले छात्राहरुको प्रस्तुतीलाई लिएर ताली बजाएर मनोरञ्जन लिए ।

dirghayi clinic

कार्यक्रमम सार्क एजुकेशन फाउण्डेश्न र सिद्धनाथ अमर माध्यमिक विद्यालयका छात्राहरुले विभिन्न गीतमा नाचेर प्रस्तुति देखाएका छन् ।

कार्यक्रममा सहभागी नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका सचिव उत्तम विष्टले सार्वजनिक कार्यक्रममा छात्रभन्दा छात्रा नै बढी सहभागी हुने गरेको बताए ।

‘छात्रहरुलाई यस्ता कुरामा खासै इच्छा देखिदैन, लगभग सबै कार्यक्रममा छात्राले नै साँस्कृतिक कार्यक्रम देखाउँछन्’ उनले भने,‘खासमा छात्र छात्रा दुबैले यस्ता कार्यक्रममा सहभागी हुनु पर्छ ।’

भीमदत्त नगरपालिका १४ स्थित बैजनाथ आधारभूत विद्यालय वनकट्टीका प्रधानाध्यापक समेत रहेका विष्ट छात्रहरुलाई पनि हरेक औपचारिक कार्यक्रममा सहभागी गराएर उनीहरुको कला प्रस्तुत गर्न पर्ने आवश्यकता देखिएको बताउँछन् ।

नेपाल बाल संगठन कञ्चनपुरका उप सभापति उमेश पाण्डेय छात्र र छात्रा दुबैले औपचारिक कार्यक्रममा प्रतिभा देखाउनु पर्ने बताउँछन् ।

‘यस्ता कार्यक्रम बालबालिकालाई आफ्नो प्रतिभा देखाउन निकै महत्वपूर्ण हुन्छन्’ उनले भने,‘सबै ठाउँमा छात्रलाई पनि कार्यक्रममा प्रतिभा देखाउन बाध्य बनाउनु पर्छ, नत्र उनीहरु आफ्नो प्रतिभा देखाउने अवसरबाट वञ्चित हुन सक्छन् ।’

Himal dental
सम्बन्धित
Loading...