ghar sansar

माननीय बिना मगरज्यू, क्षमा गर्नु होला म तपाईंलाई भोट दिन असमर्थ छु

little buddha academy
khasi
–केशव भट्ट

२०७४ सालमा पहिलो पटक मैले प्रतिनिधि सभाको निर्वाचनमा भोट हाल्ने अवसर पाए । म बस्ने क्षेत्र कञ्चनपुर क्षेत्र नं. १ मा पूर्व प्रधानमन्त्री तथा तत्कालिन नेकपाका अध्यक्ष पुष्पकमल दहालकी बुहारी बिना मगर र नेपाली काँग्रेसका नेता नेता दिवान सिंह बिष् गरी दुई जना बलिया उम्मेदवार प्रतिस्पर्धामा थिए । पूर्व प्रधानमन्त्री तथा तत्कालिन नेकपाका अध्यक्ष प्रचण्डकी बुहारी बिना मगरले सांसदमा स्थान पाएपछि क्षेत्र नम्बर १ मा तीव्र रुपमा विकासले गति लिनेछ र यस क्षेत्रको सकारात्मक परिवर्तन हुनेछ भन्ने सोचका साथ मैले भारी मनले शिर ठाडो पारेर भोट हाले र उनी भारी मतले विजय भइन । निर्वाचित भएपछि लगत्तै उनी मन्त्री भइन् । त्यसपछि झन मनमा खुसी लाग्यो कि म बसेको क्षेत्रले मन्त्री पाएछ । सोचे, मैले भारी मनले दिएको मतले भारी विकास हुनेछ ।

,orning glory badhai
dirghayi clinic

तर, म गलत साबित भएछु मैले भारी मनले दिएको मत खेर गयो । झन्डै साढे ३ बर्ष मन्त्री बनेकी उनले जनताको चित्तबुझ्दो एउटा पनि काम गरेको देखिन, एउटा संघीय मन्त्री तेसैमा सत्ता पक्षका अध्यक्षको बुहारीले चाहेको भए कंचनपुर क्षेत्र नम्बर १ सुदुरपश्चिमको सबैभन्दा बढी बिकास भएको क्षेत्र हुने थियो होला ।

खै किन हो माननीय ज्यु तपाईंले विकास गर्न चाहनु भएन ? तपाईलाई भोट हाल्न जादाको सडकको अवस्था उहीँ छ । भोट हालेको स्थान (विद्यालय) को अवस्था उहीँ छ । परिवर्तन गर्छु भनेर गर्नु भएको बाचा कता हराए छ्न् तपाईंले एक पटक आएर हेरि दिनु न है ।

माननीयज्यूलाई तपाईं यस पाली भोट माग्न जाँदै गर्दा कसैले तपाईं मन्त्री बनेपछि गर्नु भएको एउटा काम के हो भनी प्रश्न गरे भने तपाईंसंग जवाफ के हुन्छ ?

यदि चुनावमा गठबन्धन हुन्छ अनि तपाईंले टिकट पाउनु हुन्छ भने पनि कृपया टिकट पाउनु अगाडि आफ्नो छातीमा हात राखेर सम्झिनु होला कि ती ४० हजार मतदाताले दिएको मतको कदर कति गरे ? मतदाताले कति सरापे होलान अनि सोच्नु मैले के गरेको छु अनि के गर्न सक्ने थिए ।

Himal dental
सम्बन्धित
Loading...