ghar sansar

सार्कले यस वर्षदेखि यसरी पढाउँदैछ विद्यार्थी

khasi

महेन्द्रनगर । सार्क एजुकेशन फाउण्डेशन महेन्द्रनगरले पत्रकार सम्मेलन गरी चालु् शैक्षिक सत्रमा सञ्चालन गर्ने नयाँ शिक्षण कार्यक्रम कार्यान्वयनबारे जानकारी दिएको छ ।

फाउण्डेशनका प्रमु्ख कार्यकारी अधिकृत डा. लक्ष्मण बस्नेतले संस्थाले लागू गर्न लागेको नयाँ शैक्षिक प्रणालीबारे विस्तृत जानकारी गराउँदै शिक्षालाई विषयगत रूपमा ल्याब–आधारित बनाइने बताए ।

उनका अनुसार स्ट्रिम आधारित कार्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिनेछ । कक्षा १ देखि ३ सम्म ५० प्रतिशत र कक्षा ३ देखि १० सम्म पूर्ण रूपमा ल्याब–आधारित शिक्षण प्रणाली अपनाइने योजना रहेको उनले स्पष्ट पारे ।

dirghayi clinic

फाउन्डेसनले स्मार्ट बोर्ड, विद्यालयमा बुक बोकेर जानुपर्ने वाध्यता नहुने, मात्र टिफिन र पानी बोकेर मात्रै आउनुपर्ने उनले बताए ।

प्रिन्सिपल सुर्य घिमिरेले वर्तमान शिक्षा प्रणालीलाई व्यवहारिक अभ्यासमा आधारित बनाउँदै विश्वस्तरीय शिक्षा लागू गर्नु समयको आवश्यकता रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा फाउण्डेशनका विज्ञान संकाय प्रमुख राजेश भण्डारीले कक्षा १२ सम्म सञ्चालन भइरहेका शैक्षिक गतिविधिबारे जानकारी दिएका दिँदै विद्यार्थीको व्यवहारिक ज्ञान अभिवृद्धिमा केन्द्रित कार्यक्रमहरू सञ्चालन भइरहेको बताए।

कर्यक्रममा सहभागी सञ्चारकर्मीहरूले नयाँ शैक्षिक अभ्यास र त्यसको प्रभावकारिताबारे जिज्ञासा राखेका थिए ।

Himal dental
सम्बन्धित
Loading...