ghar sansar

शुक्लाफाँटामा वनहरा नदीले क्षतिग्रस्त बनाएको झोलुङ्गेृ पुल निर्माण गर्न एमाले नेता रानाको आग्रह

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा(एमाले) केन्द्रीय सदस्य कृपाराम राना शुक्लाफाँटा नगरपालिका १२ मा वनहरा नदीको बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्ग पुल पुनः निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारको भौतिक विकास मन्त्रालय पुगेका छन् । उनले मन्त्रालयका सचिव तुलसी भट्टराई क्षतिग्रस्त पुलको अवस्था जानकारी गराए पुनः निर्माणका लागि आग्रह गरेका हुन् ।

वनहरा नदीको बाढीले चित्रपुर तिल्की जोड्ने झोलुङ्ग पुल क्षतिग्रस्त बनाएको छ । झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि आवातजावत पूर्ण रुपमा बन्द हुन पुगेको छ । बाढीले पुलको दक्षिणी साइडको एक्सिस पोल ढलेपछि पुल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

dirghayi clinic

‘पुलको पूर्ण रुपमा क्षतिग्रस्त अवस्थमा छ, आवामगना गर्न सकिने अवस्था छैन’ उनले भने,‘ छिटो भन्दा छिटो पुल निर्माणका लागि सचिवज्यूको ध्यानाकर्षण गराएको छु ।’

एमाले केन्द्रीय सदस्य राना आगामी निर्वाचनबाट निर्वाचन क्षेत्र २ प्रदेश सभा ख मा उम्मेदवार सिफारिश भएका छन् । उनी एमाले जिल्ला कमिटीमा एकल सिफारिश भएका छन् । २०७० को संविधान सभा सदस्य उनी एमाले कञ्चनपुरका सह इन्चार्ज हुन् ।

रानाले पुल क्षतिग्रस्त स्थानमा पुगेर स्थानीयसित जानकारी लिएका छन् । पुल क्षतिग्रस्त भएपछि स्थानीयलाई नदी वारपार गर्न सक्ने अवस्था नभएको रानाले बताए ।

 

Himal dental
सम्बन्धित
Loading...