ghar sansar

दोधारा चाँदनीमा बाढी पीडित वासिन्दाको उद्धारमा खटिन नेता कार्यकर्तालाई एमालेको निर्देशन

महेन्द्रनगर । नेकपा (एमाले) को दोधारा चाँदनी नगर कमिटीले अविरल वर्षापछि आएको बाढीले समस्यामा परेका वासिन्दाको उद्धारमा खटिन सबै नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

एमाले नगर कमिटीका सचिव गणेश भाटले शनिबार विज्ञप्ति प्रकाशित गरी नगरपालिका सबै नेता कार्यकर्तालाई आफ्नो क्षेत्रमा उद्धारमा लाग्न निर्देशन दिएका हुन् । उनले बाढीबाट पीडित वासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् ।

mantra hos123

‘प्राकृतिक प्रकोपको यस घडीमा पार्टीको नगरको सम्पूर्ण पंक्तिलाई आ–आफ्नो ठाउँमा खटिन निर्देशन दिदैं नदी तटीय क्षेत्रका सम्पूर्ण नगरवासीलाई सतर्क र सुरक्षित बस्न अनुरोध गर्दछौ’ विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार रातिदेखि आएको अविरल वर्षापछि दोधारा चाँदनीमा जोगबुडा नदीमा आएको बाढीले दर्जनौ वस्ती डुबानमा परेका छन् ।

स्थानीयका अनुसार दोधारा चाँदनी नगरपालिका ३,७, ८, ९ र १० मा विभिन्न वस्तीमा बाढी पसेको छ । बाढीबाट वस्तीमा पसेपछि स्थानीयको घर र धानबालीमा क्षति पुगेको छ ।

Himal dental
सम्बन्धित
Loading...