दोधारा चाँदनीमा चार वडाका आधा दर्जन वस्तीमा पस्यो जोगबुडाको बाढी, ३० घर क्षतिग्रस्त, धानबाली पनि सखाप

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका चार वडाका आधा दर्जन टोलमा जोगबुडा नदीको बाढी पसेको छ । बाढीले ती वस्तीका घर र धानबालीमा क्षति पुगाएको छ ।

दोधारा चाँदनी नगरपालि ३ पटेरा खुल्ला, ७ रामपुर टापु, ८ अर्का टोल, ९ सुन्दरनगर, १० को शान्ति टोल र गिरी टोलमा बाढी पसेको हो । वस्तीमा बाढी पसेपछि फसेका वासिन्दाको सशस्त्र र जनपद प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा राखेको छ ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि जोगबुडा नदीमा बाढी आएको हो । यो नदीमा बर्सेनी बाढी आएर वासिन्दा समस्यमा पर्दै आएका छन् । बर्खा याम सुरु भएपछि यस अघि बाढी वस्तीमा पसेको थियो ।

बाढीबाट स्थानीयका ३० घरमा क्षतिग्रतस्त भएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयका विपद् फोकल पर्सन रघुनाथ भट्टका अनुसार बाढी घरभित्र पसेर स्थानीयको खाद्यान्न नष्ट भएको छ ।

प्रहरीका अनुसार पटर खल्लाका ढोले सुनार, गोपाल सुनार, हस्त बहादुर बुढा, बिर बहादुर सुनार, भिम बहादुर सुनार, सरा सुनार, लक्ष्मी सुनार र दुरपटा सुनारको घरमा बाढीले क्षति पुगाएको छ । क्षतिग्रस्त घरमा सुरक्षाकर्मीको टोली पुगेको छ ।

सुरक्षाकर्मीसंगै दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु पनि उद्धारमा खटिएका छन् । यस अघि कुतियावकर क्षेत्रमा दैनिक विपद् पूर्व तयारीको अभ्यास गरेको गैर सरकारी संस्था भने उद्धारमा देखिएका छैनन् । गैर सरकारी संस्थाले असारदेखि भदौ दोस्रो सातासम्म नमूना अभ्यास गरेका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.