
महेन्द्रनगर । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मला रानाले वस्तीमा पुगेर दोदा नदीको बाढीबाट पीडित वासिन्दालाई राहत वितरण सुरु गरेका छन् । तीन दिन अघि अविरल वर्षापछि आएको बाढीले लालझाडी दोदाको बाढी वस्तीमा पसेको थियो ।
गाँउपालिका अध्यक्ष राना खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा लगायतका सामाग्री बोकेर वस्तीमा पुगेका छन् ।
