ghar sansar

लालझाडीमा बाढीले घर छाडेका अधिकाँश परिवार फर्किए, ४५ परिवार अझै विद्यालयमा

little buddha academy
khasi

महेन्द्रनगर । दोदा नदीको बाढीले घर छाडेका अधिकाँश वासिन्दा फर्किएका छन् । बाढीले घर क्षतिग्रस्त बनाएका वासिन्दा अझै घर बाहिर बाहिर बसेका छन् ।

तीन दिन अघि बाढी घरभित्र पसेपछि एक सय ३० बढी परिवार घर छाडेर सुरक्षित स्थानमा बसेका हुन् । उनीहरुमध्ये ४५ परिवार बाहेक सबै घर फर्किएका छन् ।

‘बाढी घरभित्र पसेपछि सबै जना सुृरक्षित स्थानमा बसेका थिए । बाढी रोकिएपछि ४०÷४५ परिवार बाहेक सबै फर्किएका छन्’ लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले भने,‘बाढीले घर नै क्षति पुगाएका परिवार फर्किएका छैनन् ।’

dirghayi clinic

अध्यक्ष रानाका अनुसार घर फर्किन बाँकी सबै परिवार शंकरपुर आधारभूत विद्यालयमा बसि रहेका छन् ।

दोदा नदीको बाढीले लालझाडीका ५ वडाका एक हजार भन्दा बढी वासिन्दा प्रभावित भएका छन् । लालझाडी गाउँपालिका ३ बाढीबाट सबैभन्दा बढी प्रभावित भएको हो । यस वडामा ५ सय परिवार प्रभावित भएका छन् ।

‘वडा नम्बर ६ मा दुई घरभित्र पानी पसेको छ, यो बाहेक अन्य वडाका सबै ठाउँमा क्षति भएको छ’ अध्यक्ष रानाले भने,‘यसमा पनि एक सय ३० परिवार बढी समस्यामा छन् ।’

अध्यक्ष रानाका अनुसार लालझाडी गाउँपालिका २ मा दुई सय, १ मा ९०, ४ मा १० र ५ मा ४० घर परिवार बाढीबाट पीडित भएका छन् ।

बाढीका कारण घर छाडेका एक सय ३० परिवारलाई गाउँपालिकाले सोमबार राहत दिएको छ । अध्यक्ष रानाले प्रभावित वस्तीमा पुगेर राहत वितरण गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...