कैलालीमा चुनाव लड्न डराइन आरजु, समानुपातिक सूचीमा राखियो

महेन्द्रनगर । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस नेतृ आरजु देउवा राणा सुदूरपश्चिम प्रदेशबाट समानुपातिकतर्फ खसआर्य महिला कोटामा सूचीकृत भएकी छन् ।

उनलाई सुदुरपश्चिम कांग्रेस प्रदेश समितिले खसआर्य कोटामा राखेको हो । आरजुलाई खसआर्य महिला डडेलधुरा ठेगाना राखेर सूचीमा समावेश गरिएको कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्ण यादवले जानकारी दिए ।

हरेक प्रदेशलाई विभिन्न कलस्टरमा ४० जनाको नाम पठाउने गरिएको निर्देशनअनुसार राणा खसआर्य सूचीमा परेकी हुन् ।

राणा २०७४ मा कैलाली– ५ बाट चुनाव लडेकी थिइन् । उनलाई वाम गठबन्धनका तर्फबाट एमाले नेता नारदमुनि रानाले हराएका थिए ।

हाल कैलाली–५ सहित विभिन्न क्षेत्रबाट उनी प्रत्यक्ष निर्वाचनका लागि समेत सिफारिस भएकी थिइन्। तर, उनलाई समानुपातिकमा सुरक्षित गर्ने नीति कांग्रेसले लिएको हो ।

Sisu
सम्बन्धित
Loading...