ghar sansar

बच्चा चोरीको अशंकामा पक्राउ परेका तीन भारतीय सहित चार जनामाथि अनुसन्धान सुरु

khasi

महेन्द्रनगर । प्रहरीले शुक्लाफाँटा नगरपालिका ८ बाट बालकलाई मिठाई दिएर जङ्गल लगेर चोरी गर्न लागेको आशंकामा पक्राउ गरिएका चार जनामाथि अनुसन्धान अघि बढाएको छ । स्थानीयले ६ वर्षिय बालकलाई चोरी गर्न लागेको आशंकामा स्थानीयले नियन्त्रणमा लिएका तीन भारतीय सहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउपछि उनीहरु सबैलाई प्रहरी हिरासतमा राखिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले पक्राउपछि हिरासतमा राखेर अनुसन्धान थालिएको बताए ।

‘बच्चालाई मिठाई दिएर जङ्गलतिर लगेर चोरी गर्न लागेको भन्दै स्थानीयले लखेटेर नियन्त्रणमा लिएपछि पक्राउ गरी ल्याएका छौ’ उनले भने,‘सोधपुछ गरी अनुसन्धान गर्दछौ ।’

dirghayi clinic

प्रहरीसित सोधपुछमा उनीहरुले आफूहरु सुनका गहरगहनामा जलप लगाउन आएको बयान दिएका छन् । बालकलाई मिठाई दिए नदिएको पनि थाह हुन नसकेको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेमा रौतहकाका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकास कुमार साह छन् । उनीहरुले आफूहरु कैलालीको अत्तरियास्थित कोठा भाडामा लिएर बस्दै आएको जानकारी दिएका छन् ।

शुक्लाफाँटा–८ का छ वर्षीय बालकलाई मिठाई दिएर ललाइफकाई जङ्गलतर्फ लैजान खोज्दा चारै जनालाई घेरा हाली नियन्त्रणमा लिएको स्थानीयले नियन्त्रण लिएका हुन् ।

साधु र मगन्तेको भेषमा भारतीय नागरिकले नेपाल आएर बालबालिकाको चोरी गर्न थालेको बाहिर आएको थियो । प्रहरी प्रधान कार्यालयले त्यसलाई गलत प्रचार भन्दै खण्डन गरेको थियो ।

भारतीयले बालबालिका चोरी गर्न थालेको प्रचार बाहिर आएपछि अभिभावक र स्थानीयले सुरक्षा सकर्तकता अपनाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...