ghar sansar

शुक्लाफाँटामा कर्मचारीलाई राजनीतिक दलको सदस्यता छाड्न निर्देशन, नछाडे कारवाही गर्ने चेतावनी

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाले आफ्ना कर्मचारीलाई राजनीतिक दलका सदस्यता परित्याग गर्न निर्देशन दिएको छ । नगरपालिकाले बिहीबार सार्वजनिक सूचना गरी नगर कार्यपालिका बैठकको निर्णय अनुसार नगरपालिका कार्यालय र अन्य माहत कार्यालयका कर्मचारीलाई दलको सदस्यता परित्याग गर्न निर्देशन दिएको हो । दलको सदस्यता नछाडे कारवाही गर्ने चेतवानी दिइएको छ ।

शुक्लाफाँटा नगर कार्यपालिकाको १३१ औं कार्यपालिका बैठकले भदौ २३ गते नगरपालिका कार्यालय, मातहत कार्यालय तथा विद्यालयका शिक्षकले राजनीतिक दलको सदस्य हुनु नपर्ने र भएमा त्याग्नु पर्ने निर्णय गरेको थियो ।

dirghayi clinic

कार्यपालिका बैठकले दलको सदस्यता त्याग बाहेक कर्मचारीले सामाजिक सञ्जाल फेसबुकमा नकारात्मक टिका टिप्पणी गर्न नपाउने पनि निर्णय गरेको थियो ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बिहीबार कार्यपालिकाको निर्णय सहित सार्वजनिक सूचना गरी कर्मचारीलाई दलको सदस्यता त्याग निर्देशन दिएका हुन् ।

‘शुक्लाफाँटा नगरपालिकाको मिति २०७९÷५÷२३ गतेको १३१ औं नगर कार्यपालिका बैठकको १२ नम्बर निर्णय तपशिलमा उल्लेख गरिएको छ । उक्त निर्णय बमोजिम यस नगरपालिका तथा अन्र्तगतका कार्यालय÷विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुले कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाउने व्यवस्था भएको हुँदा सदस्यता लिएको भए राजनीतिक दलको सदस्यता त्याग गर्नु पर्ने र सामाजिक सञ्जालमा कुनै पनि नकारात्मक टिका टिप्पणी तथा स्टेटश सार्वजनिक गर्न नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ’ प्रमुख प्रशासकीय अधिकृत भट्टले सार्वजनिक सूचना भनिएको छ,‘उपरोक्त अनुसार नगरेको पाइएमा नियमानुसार कारवाही समेत गरिने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’

 

Himal dental
सम्बन्धित
Loading...