बैजनाथ मावि नयाँ तिलकपुरमा शिक्षक अभिभावक संघ गठन

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ तिलकपुरस्थित बैजनाथ माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघ गठन गरिएको छ । विद्यालयमा शुक्रबार शिक्षक र अभिभावकको भेला गरी बिमला नाथको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको छ ।

संघमा गोमती विष्ट, तुलसी कुँबर, कल्पना दमाई, झुसी लुहार, चैती सेराला र लक्ष्मी विष्ट र सुकादेवी सुनार सदस्य छन् । यसैगरी समितिमा जनक बहादुर बोहरा शिक्षक प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बहादुर विष्ट र प्रधानाध्यापक मदन बहादुर विष्ट पदेन सदस्य छन् ।

deepak
सम्बन्धित
Loading...