ghar sansar

सुदूरपश्चिम सरकारका मन्त्री सोडारी पत्नि विरुद्ध भ्रष्टाचार मुद्दा दायर

little buddha academy
khasi

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारीकी पत्नी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मन्त्री सोडारीकी पत्नी गीता सोडारीविरुद्ध अख्तियार आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले शुक्रबार जानकारी दिए ।

प्रवक्ता भण्डारीका अनुसार नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अभियोगमा आयोगले शुक्रबार गीता सदविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

dirghayi clinic

कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव माविमा गीताले राहत शिक्षकका रुपमा काम गरेकी थिइन्। भारत नयाँ दिल्लीको बोर्ड अफ सेकेन्डरी एजुकेशनबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी गीताले शिक्षकको नियुक्ति लिएको पुष्टि भएपछि आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

उनले सरकारलाई नोक्सानी पु¥याउने बदनियत राखेर भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

साभार : थाहा खबर

Himal dental
सम्बन्धित
Loading...