ghar sansar

भीमदत्तका प्राविधिक र ठेकेदारबीच बढेको विवाद प्रहरी कार्यालय पुगाएर मिलापत्र

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका सव इन्जिनियर दिनेश भट्ट र निर्माण व्यवसायी चन्द्रसिह कार्कीबीच बढेको विवाद प्रहरी कार्यालय पुगेर मिलापत्र गरी टुङ्गिएको छ ।

जिल्ला प्रहरी कार्यालयमा निर्माण व्यवसायी कार्की सहित सव इन्जिनियर भट्ट र नगरपालिका कार्यालयका कर्मचारी सहितको छलफलमा दुबैले आ–आफ्ना कमजोरी स्वीकार गरी मिलापत्र गरेका छन् ।

,orning glory badhai

सव इन्जिनियर भट्टले आफूमाथि कार्यकक्षमा व्यवसायी कार्कीले हातपात गरेको भन्दै कारवाहीको माग गर्दै प्रहरी कार्यालय पुगेका थिए । त्यस अघि नगरपालिकाकामा प्रशासकीय अधिकृत सुवास अधिकारीले दुबै जनालाई बसाएर छलफल गरी मिलापत्र गराएका थिए ।

dirghayi clinic

व्यवसायी कार्कीले भने आफूले सव इन्जिनियर भट्टमाथि हातपात नगरेको दावी गरेका थिए । प्रहरी कार्यालयको छलफलमा सहभागी डिप्लोमा ईन्जिनियर्स एसोसिएशन नेपालका अध्यक्ष पवन लेखकले मिलापत्र गरिएको बताए । ‘गल्ती कमजोरी स्वीकार गरी आगामी दिनमा यस्ता व्यवहार नगर्ने गरी मिलापत्र गरिएको छ’ उनले भने ।

भीमदत्त नगरपालिका र एसोसिएसन दुबैले सव इन्जिनियर भट्टमाथि कुटपिटमा संलग्न कार्कीमाथि कारवाहीको माग गर्दै विज्ञप्ति निकालेका थिए । कार्की राखी कन्स्ट्रक्सनका सञ्चालक हुन् ।

कार्कीले ब्रह्मदेबमा निर्माण बनाएको सडकको बिल उठाउन सव इन्जिनियर भट्टले आनाकानी गरेपछि कार्कीसित विवाद भएको हो । गत आर्थिक वर्षमा निर्माण पूरा भएपछि कार्की असारदेखि सव इन्जिनियर भट्टसित आग्रह गर्दै आएका छन् ।

नगरपालिका स्रोतका अनुसार इन्जिनियरको निर्देशनमा सव इन्जिनियर भट्टले बिल उठाउन रोकेका हुन् । कार्कीले पनि कमिसन नपाउने भएपछि आफूलाई भुक्तानीमा आनाकानी गरी बखेडा झिकेको बताएका छन् ।

‘मैले नगरपालिकाबाट काम गरे बापत पैसा लिनु पर्ने छ, समान्य विवाद हुँदा ममाथि आरोप लगाईए’ उनले भने, ‘घुस खानका लागि यस्ता बखेडा झिकिएका छन्, त्यही नै हो ।’

Himal dental
सम्बन्धित
Loading...