ghar sansar

दशैं तिहारका लागि गड्डाचौकी नाकामा क्वारेन्टाइन जाँचमा कडाई

khasi

महेन्द्रनगर । गड्डाचौकीस्थित पशु क्वारेन्टाइन कार्यालयले दशैं तिहारलाई मध्यनजर गरी क्वारेन्टाइन जाँचमा कडाई गरेको छ । भारतबाट आयात हुने पशु तथा पशुजन्य पदार्थबाट रोगव्याधि भित्रिन सक्ने आशंकामा क्वारेन्टाइन जाँचमा कडाई गरिएको हो ।

कार्यालयले जाँचपछि दिने प्रमाण पाएपछि मात्रै पशु तथा पशुजन्य पदार्थ आयात गर्न सकिने कानुनी प्रावधान छ । दशैं तिहारमा ठूलो मात्रामा पशु तथा पशुजन्य पदार्थ भित्रिने भएकाले क्वारेन्टाईन जाँचमा कडाई गरिएको छ ।

Anant bahu travels

कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. सलिना मानन्धरले दशैं तिहारमा ठूलो मात्रामा पशु तथा पशुजन्य पदार्थ आयात हुने भएकाले उच्च सुरक्षा सतर्कताका साथ जाँच गरिएको बताइन् ।

‘जाँच त सबै बेला हुन्छ, दशैं तिहारमा ठूलो मात्रा आयात हुने भएकाले कडाईका साथ गरिएको छ’ उनले भनिन्,‘त्यसका लागि नाकामा कर्मचारी परिचालन गरि सकेका छौ ।’

dirghayi clinic

कार्यालय प्रमुख डा. मानन्धरले गड्डाचौकीस्थित चेकपोष्टमा जाँच गरेपछि मात्रै पशु तथा पशुजन्य पदार्थ छाड्ने गरिएको बताइन् । उनका अनुसार नाकामा नमूना संकलन र रेपिड टेस्ट हुने गरेको छ ।

‘कार्यालयले नमूना संकलन गरी ल्याबहरु भएको ठाउँमा पठाउँछ, धनगढी र काठमाडौं ल्याब पठाउँछौ, दानाका लागि काठमाडांै ल्याबमा नमूना पठाउँछौ’ उनले भनिन्,‘तत्काल त रेपिड टेस्ट गरी नै पठाउँछौ ।’

पश्चिमी सीमा नाकाबाट माछा सहित खसी बोका, पशु आहारा आयात हुने गरेको छ । त्यसमा पनि सबैभन्दा बढी माछा आउने गरेको कार्यालयको तथ्याङ्कमा छ ।

कार्यालय प्रमुख डा. मानन्धरले अहिलेसम्म पश्चिमी नाकाबाट जीवित पशु नआएको बताइन् ।

कार्यालय मातहत गड्डाचौकी सहित धनगढी, बेलौरी, र दार्चुलामा चेकपोष्ट छन् । तीमध्ये दार्चुला र बेलौरी नाकाबाट पशु तथा पशुजन्य पदार्थ आयात हुने गरेको छैन ।

Himal dental
सम्बन्धित
Loading...