भीमदत्तलाई शिक्षक कर्मचारीको तलब निकासा गर्न तीन दिने अल्टिमेटम

lotus institute

महेन्द्रनगर । अखिल नेपाल शिक्षक संगठन भीमदत्त नगर समितिले शिक्षक कर्मचारीको तलब निकासाका लागि तीन दिने अल्टिमेटम दिएको छ ।

समितिका नगर इन्चार्ज पुष्पमणी जोशीले विज्ञप्ति प्रकाशित गरी तीन दिनभित्र तलब निकासा नभएपछि आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

morning glory
Mahendranagar

भीमदत्त नगरपालिकामा शिक्षक कर्मचारीले साउन महिनादेखि तलब भत्ता पाएका छैनन् । दशै तिहारको विदा हुन लाग्दासम्म नपाएपछि शिक्षक कर्मचारी तलब निकासका लागि दबाव दिन थालेका छन् ।

संगठनले साउनदेखि असोजसम्म र चाडवाड खर्च सहितको रकम निकासा गर्न नगरपालिकालाई अल्टिमेटम दिएको हो ।

saark school
सम्बन्धित
Loading...