बुद्धिजीवि परिषद्को शुक्लाफाँटा नगर अध्यक्षमा साउँद

महेन्द्रनगर । नेकपा (एमाले) सम्बद्ध नेपाल बुद्धिजीवि परिषद् शुक्लाफाँटा नगर अध्यक्षमा विरन्द्र ससह सिंह साउँद चयन भएका छन् । परिषद्को भेलाबाट साउँदको अध्यक्षतामा २३ सदस्यीय कमिटी गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा लक्ष्मि ढकाल, सचिव पदम बहादुर साउद , कोषाध्यक्षमा पुजा खडका,उप सचिवमा अर्जुन बहादुर सिंह र गणेश पन्त चयन भएका छन् । कमिटीमा बुद्धि विक,विष्णुदत्त जोशी,हरि पन्त,दमन बहादुर धामी,गोपाल धामी कलावती शाह, तुलाराम पनेरु,लोकराज पन्त,भक्त प्रसाद पन्त र मिरा विष्ट बोहरा सदस्य छन् ।

बुद्धिजीवि परिषद् केन्द्रीय सदस्य एवम् डडेल्धुरा इन्चार्ज शेर बहादुर भाटले अधिवेशन उद्घाटन गर्दै मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा सक्रिय भएर लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले बुद्धिजीवि परिषद्को सक्रियता नदेखिएको बताउँदै निर्वाचनको सम्मुखमा मात्रै नभएर जुनसुकै समयमा पनि पार्टीलाई परिषद्को सहयोग हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद् जिल्ला सचिव उत्तम विष्ट,नेकपा एमाले शुक्लाफाँटा नगर कमिटि अध्यक्ष भक्तराज जोशी लगायले शुभकामना मन्तव्य राखे ।

कार्यक्रममा शुक्लाफाँटा नगरपालिका ७ का वडा अध्यक्ष प्रतापसिंह धामी,वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष ज्ञान बहादुर विष्ट लगायतका सहभागी भएका छन् ।

Sisu
सम्बन्धित
Loading...