ghar sansar

चुनावको मुखमै माओवादीको शिक्षक संगठनमा असन्तुष्टि छताछुल्ल, संगठनका निवर्तमान उप महासचिव सहितले गरे स्वतन्त्र बस्ने घोषणा

little buddha academy
khasi

महेन्द्रनगर । सत्ता साभेदार नेकपा माओवादी केन्द्र सम्बद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठनका निवर्तमान केन्द्रीय उप महासचिव सुमन कुमार न्यौपाने सहित ८ जनाले स्वतन्त्र बस्ने घोषणा गरेका छन् ।

उनीहरुले शनिबार संयुक्त विज्ञप्ति प्रकाशित गरी शिक्षक संगठनका र माओवादी पार्टीका कुनै पनि जिम्मेवारीमा नबस्ने गरी स्वतन्त्र बस्ने घोषणा गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

उनीहरुमा न्यौपाने सहित केन्द्रीय सचिवालय सदस्य बिक्रम चौधरी, केन्द्रीय सदस्य टेक बहादुर चन्द, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष प्रसाद जैसी, प्रदेश अर्थ उप महासचिव धौल सिह जाग्री, सचिव गंगादत्त भट्ट, प्रदेश सदस्य कर्ण बहादुर भण्डारी र कञ्चनपुर सह सचिव महेशराज भट्ट छन् ।

संगठनभित्र बढेको मनोमानी नियन्त्रणका लागि पार्टीसम्म पुगेर छलफल गर्दा पनि हल हुन नसकेको र पार्टी निर्देशन विपरित संगठनका गतिविधि सञ्चालन भएपछि उनीहरु असन्तुष्ट भएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...