ghar sansar

अघिल्लो वर्षसम्म यस्तो थियो बेलडाँडी, जहाँ ३० लाख आम्दानी, पत्रपत्रिकामा मात्रै ३८ खर्च

little buddha academy
khasi

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकामा अघिल्लो आर्थिक वर्षमा पत्रपत्रिकामा ३८ लाख खर्च भएको छ । पत्रपत्रिकामा सूचना प्र्रकाशन र पत्रिकालाई आर्थिक सहयोगका नाममा रकम खर्च गरिएको छ ।

गाउँपालिका कार्यालययका अनुसार पत्रिकालाई सहयोगका लागि मात्रै १२ लाख बढी खर्च गरिएको छ । गाउँपालिकाको कार्यपालिकबाट निर्णय गरी बर्सेनी यो रकम दिँइदै आएको थियो । त्यसका लागि गाउँपालिकाले केही पत्रिकाबाट प्रस्तावना मगाएर कार्यपालिकाबाट निर्णय गराएर रकम दिने गरेको थियो ।

,orning glory badhai

गाउँपालिकाका निवर्तमान अध्यक्ष धन बहादुर थापाले कार्यभार सम्हालेपछि दोस्रो वर्षदेखि पत्रिकालाई सहयोगका लागि विना कारण कारण रकम दिन थालेका थिए । ती पत्रिकालाई सहयोग बाहेक विज्ञापन सूचना प्रकाशन प्रसारणको छुट्टै भुक्तानी हँुदै आएको थियो ।

dirghayi clinic

गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले वडाको विकास बजेट भन्दा बढी खर्च पत्रपत्रिकामा खर्च हुने भएपछि यस वर्षदेखि त्यसलाई रोकिएको बताए ।

‘अघिल्लो वर्ष वडामा ३७ लाख विकास बजेट, पत्रपत्रिकामा ३८ लाख खर्च भएको छ’ उनले भने,‘यसरी हुने खर्च नरोकिए भएको थिएन, यस वर्षदेखि यसलाई नियन्त्रण गरि रहेका छौ, कार्यपालिकाबाट निर्णय गरी कुनै पनि मिडियालाई त्यसरी पैसा बाँड्दैनौ, पत्रपत्रिकामा सूचना छपाईको बिल अनुसार भुक्तानी दिन्छौ, त्यसका लागि कार्यालयको अनुमति लिएको हुनु पर्नेछ ।’

अघिल्लो कार्यकालमा कार्यपालिकाबाट निर्णय गरी हचुवाका आधारमा दिइने सबै सहयोग रकम बन्द गरिएको अध्यक्ष रानाले बताए । ‘स्रोत नभएको गाउँपालिकामा यसरी बजेट बाँड्ने हो भने विकास कसरी हुन्छ’ उनले भने,‘अघिल्लोमा के गरियो, यस वर्षदेखि त्यसरी दिदैँनौ ।’

बेलडाँडी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा ७० लाख आन्तरिक आय अनुमान गरेको थियो । त्यसमा ३० लाख मात्रै आन्तरिक आम्दानी भएको थियो ।

अध्यक्ष रानाले पत्रपत्रिकाको अनावश्यक खर्च रोकेपछि चौतर्फी प्रशंसा पाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...