ghar sansar

भीमदत्तले धम्कीपछि दियो शिक्षक कर्मचारीलाई तलब, ११ करोड तलब भत्ता निकासा

little buddha academy
khasi

महेन्द्रनगर । शिक्षकहरुले आन्दोलनको धम्की दिएपछि भीमदत्त नगरपालिकामा शिक्षक कर्मचारीहरुको तलब निकासा गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि तलब भत्ता नपाएका शिक्षकले दशैंमा समेत नपाउने अवस्था आएपछि नगरपालिकालाई तीन दिने अल्टिमेटम दिएका थिए ।

शिक्षकहरुको अल्टिमेटमपछि आइतबार विद्यालयको खातामा तलब भत्ता निकासा गरिएको छ । यस अघि प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली नभएकाले तलब भत्ता निकासा गर्न नसकिने जवाफ दिने गरिएको थियो ।

,orning glory badhai

प्रमुख प्रशासकीय अधिकृत गौली केही दिन अघि विदा लिएर वैदेशिक भ्रमणमा मलेसिया पुगेका छन् । उनी गैर सरकारी संस्थाको कार्यक्रममा सहभागी हुन मलेसिया गएका हुन् ।

भीमदत्त नगरपालिकाको शिक्षा तथा खेलकूद शाखा प्रमुख हरिदत्त जोशीले विद्यालयको खातामा तलब भत्ता निकासा गरिएको बताए । ‘केही प्राविधिक कारणले निकासा रोकिएको थियो, आज सबै विद्यालयको खातामा रकम पठाइएको छ’ उनले भने ।

नगरपालिका स्रोतका अनुसार नगरपालिकाले कोष तथा लेखा नियन्त्रण कार्यालयसित बाध्यात्मक अवस्था दर्शाएर प्रमुख प्रशासकीय अधिकृत गौली कार्यालय फर्किएपछि भौचरमा हस्ताक्षर गर्ने गरी निकासा लिएको हो । प्रमुख प्रशासकीय अधिकृत गौलीले मलेसियाबाट केही हस्ताक्षर समेत पठाएको स्रोतको दावी छ ।

dirghayi clinic

प्रमुख प्रशासकीय अधिकृत गौलीलाई विदा वस्न अघि तलब भत्ता निकासाका लागि आग्रह गरिए पनि वेवास्ता गरिएको थियो ।

‘निकासा मागेर जानु भनेको हौ, कोलेनिकाबाट निकासा नछाडेको भन्ने पनि थियो, त्यसैले वहाँले पनि खास मतलब गर्नु भएन’ कार्यालयका एक कर्मचारीले भने,‘अहिले समस्या परेपछि जसरी पनि निकासा लिएर पठाउनु पर्ने बाध्यता आयो ।’

दशैंको विदा हुन थालेपछि शिक्षक कर्मचारीले तलब भत्ता नदिएको भन्दै फेसबुकमा दुखेसो पोखेर नगरपालिकालाई दबाव दिएका थिए । अखिल नेपाल शिक्षक संगठनको भीमदत्त नगर समितिले शनिबार तलब भत्ता निकासाका लागि तीन दिने अल्टिमेटम दिएको थियो ।

संगठनका नगर इन्चार्ज पुष्पमणी जोशीले आइतबार पनि दबावका लागि सबै शिक्षक कर्मचारीलाई नगरपालिकामा उपस्थितिका लागि आमन्त्रण गरेका थिए । शिक्षक कर्मचारी नगरपालिका पुग्न अगावै विद्यालयको खातामा रकम निकासा गरिएको थियो ।

संगठनका इन्चार्ज जोशीले तलब भत्ता निकासा भएपछि नगरपालिकालाई धन्यवाद दिएका छन् । नगरपालिकाको शिक्षा तथा खेलकूद शाखाका अनुसार शिक्षक, कर्मचारी र बाल विकास सहयोगीका लागि चाडवाड खर्च सहित झण्डै ११
करोड निकासा गरिएको छ ।

त्यसमा सबैभन्दा बढी शिक्षकहरुको तलब भत्तामा ९ करोड ५१ लाख १५ हजार छ । बाल विकासका सहयोगी र कर्मचारीका लागि ८९ लाख ४८ हजार रकम निकासा गरिएको छ ।

नगरपालिकाले शिक्षकलाई त्रैमासिक रुपमा तलब खुवाउने गरेको छ । यस वर्ष दशैं विदा सुरु हुन लाग्दासम्म तलब भत्ता नपाएपछि शिक्षक कर्मचारी असन्तुष्ट बनेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...