ghar sansar

खोकामा ८ सय लगानी गरी खोलिएको किरानालाई सात दाई भाईले यसरी बनाए करोडौको भागेश्वरी ग्रुफ

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले सोमबार भागेश्वरी ग्रुफले सञ्चालनमा ल्याएको केडी अटो मोबाइल्सको रिबन काटेर उद्घाटन गरे । कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, सरकारी अधिकारी र उद्यमी व्यवसायी सहभागी भएका छन् ।

अढाई करोड लगानी गरी सञ्चालनमा आएको अटोमोबाइल्स होण्डाको आधिकारिक डिलर हो । सार्वजनिक यातायातसित जोडिएको भागेश्वरी ग्रुफले पहिलो पटक अटो मोबाइल्स कारोबार सञ्चालनमा ल्याएको हो । यस अघि भागेश्वरीले विद्युतीय समान सहित लत्ता कपडा, जुत्ता लगायतको कारोबार गर्दै आएको छ ।

mahostaw

भागेश्वरीका सञ्चालक भोजराज भट्टले व्यापार बढाउने लक्ष्यले अटो मोबाइल्स कारोबार सुरु गरिएको बताए । ‘२०५५÷०५६ देखि यातायात क्षेत्रतिर लागेका थियौ, अहिले पनि दिल्ली र काठमाडौंमा गाडी सञ्चालनमा छन्, यो बाहेक कारोबार चाहिँ गरिएन थिएन’ उनले भने,‘यस पटक व्यापार व्यवसाय बढाउने उद्देश्यले अटो मोबाइल्स कारोबार गरेका छौ, त्यस बाहेक कम्पनीले पनि डिलरका लागि छनौट नै गरि दियो ।’

भट्ट कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व बाणिज्य उपाध्यक्ष हुन् । उनी सहित उनका सात दाई भाई सबै भागेश्वरी ग्रुफमा सञ्चालक छन् । भागेश्वरीका संस्थापक दिर्घराज भट्टको डेढ वर्ष अघि निधन भएको थियो । अर्का नवराज भट्ट अमेरिका छन् । उनी सिद्धनाथ बहुमुखी क्याम्पसका २४९ सालका सवियु सभापति हुन् । अहिले उनीहरु दुई जना बाहेक सबै दाई भाई भागेश्वरी ग्रुफमा छन् ।

‘दाईले किराना पसलबाट सञ्चालन गर्नु भएको थियो, वहाँ अहिले हुनु हुन्न, वहाँले जोडेको व्यवसायमा सबै दाई भाई लागेर यहाँसम्म पुगाएका हौै’ भट्टले भने,‘अहिले पनि सबै घर परिवार नै यो ग्रुफको व्यवसायमा संलग्न छौ ।’

भागेश्वरी ग्रुफले महेन्द्रनगर बाहिर राजधानी काठमाडौंमा व्यापार गर्दै आएको छ । काठमाडौंमा रेडिमेड होल सेल पसल सञ्चालन हुँदै आएको छ । भागेश्वरी ग्रुफ को व्यापार बाहेक शिक्षा र यातायात क्षेत्रमा पनि लगानी छ ।

अहिले भागेश्वरीमा वार्षिक १० देखि १५ करोडसम्म कारोबार हुने सञ्चालक भट्टले बताए । अहिले भाँसीमा मात्रै अढाई करोड लगानी गरी अटो मोबाइल्सको सोरुम सञ्चालनमा ल्याइएको छ ।

‘बिजिनेसमा अघि बढ्न पनि सकिन्छ, पछि पर्न पनि सकिन्छ, के हुन्छ भन्ने थाह हुँदैन, नाफा घाटा हेरेर मात्रै व्यापार गर्न हुँदैन’ सञ्चालक भट्टले भने,‘अहिलेसम्म हामीहरु पछाडि परेका छैनौ, सेवाको भावले गर्दै आएकाले अगाडि नै छौ ।’

भट्टका जेठा दाई स्वर्गिय दिर्घराज भट्टले महेन्द्रनगर बजारमा खोकामा किराना पसल सञ्चालन गरेको ४४ वर्षपछि भागेश्वरी ग्रुफ करोडौ कारोबार गर्ने अवस्थामा पुगेको हो । कोभिड १९ महामारीका बेला डेढ वर्ष अघि भट्टको निधन भएकाृ थियो । उनले ८ सय रुपैँया लगानी गरी २०३५ मा किराना पसल सञ्चालन गरेका थिए । भागेश्वरी किनारा पसलले कारोबार बढाउँदै अहिले ग्रुफ भएर पहिचान बनाएको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिका पुख्र्यौलीका भट्ट परिवारका भागेश्वर कुल देवता हुन् । भागेश्वरबाट २०३५ मा महेन्द्रनगर आएका स्वर्गिय भट्टले केही दिन भारतमा नोकरी गरी किनारा खोलका थिए । उनले पसल खोलेको चार वर्षपछि मात्रै उनका आमा बुवा र भाईहरु महेन्द्रनगर आएका हुन् ।

‘दाई पढ्दापद्ढै २०३५ मा आउनु भयो, केही महिना भारतमा काम गर्नु भयो, त्यसपछि किनारा पसल खोल्न भयो’ सञ्चालक भट्टले भने,‘वहाँ आएको चार वर्षसम्म २०३९ सम्म हामी सबै पहाडमै थियौ, पसल खोलेपछि मात्रै आमा बुवा सहित सबै आएका हौ, यहाँ आएपछि जमिन किनेर व्यवसाय गर्ने व्यवसायमा लाग्यौ, पढ्नेले पढे ।’

भीमदत्त नगरपालिका १३ बडैपुरमा एक बिगाहा जमिन किनेर भट्ट परिवारले तराईमा स्थायी बसोबास सुरु गरेका हुन् । काठमाडौंमा अध्ययनपछि २०५२ पछि भोजराज भट्ट पनि व्यापारमा सक्रिय भएर लागेका छन् । त्यसपछि घर परिवारका सबै दाई भाई व्यापारसित जोडिएर बसेका छन् ।

‘पहिलादेखि नै सगोलमा कारोबार गरियो, सबै दाई भाई यसमा लाग्यौ, अरु पेशा व्यवसाय हेरिएन, भाई राजनीतिमा लाग्यो, स्ववियु सभापति भयो, अहिले अमेरिकामा छ’ उनले भने,‘त्यस बाहेक अरु सबै यहीं नै व्यवसायमा छौ ।’

२०३५ मा खोलिएको किराना पसल खोलिएको पाँच वर्षपछि भागेश्वरी फेन्सी सञ्भालन गरिएको थियो । २०४० मा फेन्सी कारोबारपछि २०५२ देखि इलेक्ट्रोनिक्सका समानको कारोबार गर्न थालिएको थियो । इलेक्ट्रोक्सिनका समानको कोराबारपछि भागेश्वरी ग्रुफ नामाकरण गरी कारोबार गर्न थालिएको हो । अहिले भागेश्वरी गु्रफ व्यवसायी घरानाका नामले परिचित बनेको छ ।

कोभिड १९ महामारीको कारण कारोबार धराशायी भए पनि सगोलको भएकाले आफूहरुलाई खासै समस्या नआएको भट्टले बताए । ‘कोभिड १९ ले गर्दा कारोबार धराशायी भएको छ, ७० प्रतिशत कारोबार डाउन छ’ उनले भने,‘सगोलले गर्दा धानिएको छ, सबैले गर्दा नै हाम्रो कारोबार धानिएको छ ।’

भाँसीस्थि अटो मोबाइल्स पनि नाफा लिने सोच लिएर सञ्चालन नगरिएको उनले बताए । ‘यस्तो बेलामा नयाँ कारोबार खोल्दा के हुन्छ, सबैलाई थाह नै छ’ उनले भने,‘नाफा भन्दा भागेश्वरी ग्रुफको व्यवसाय बढाउन सहयोग पुग्छ, त्यस बाहेक व्यापारिक सम्बन्ध पनि विस्तार हुन्छ ।’

अटो मोबाइल्स सञ्चालनमा ल्याएपछि विनोद चौधरीको कम्पनीबाट आफूलाई बधाईका लागि फोन आएको बताए । भागेश्वरीले अटो मोबाइल्स जोडिएपछि ६ जना नयाँ कर्मचारी पनि जोडिएका छन् । योसंगै भागेश्वरीमा ४० जना कर्मचारी पुगेका छन् ।

Himal dental
सम्बन्धित
Loading...