ghar sansar

मिडिया मञ्चका अध्यक्ष आग्रीले गरे कञ्चनपुर क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवारी घोषणा

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल नागरिक अभियानका केन्द्रीय सह सचिव दिवान आग्रीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

मिडिया मञ्च नेपालले सोमबार आयोजना गरेको दशैं तिहारको शुभ कामना आदान प्रदान कार्यक्रममा आग्रीले कञ्चनपुर क्षेत्र नं. ३ मा उम्मेदवारी घोषणा गरेका छन् ।

,orning glory badhai

स्वतन्त्र उम्मेदवारी घोषणा गरेका आग्रीले केही दिनपछि प्रतिनिधि सभा वा प्रदेश सभा सदस्य लड्ने यकिन गरिने बताए । ‘अहिले म कञ्चनपुर क्षेत्र नं. ३ मा चुनाव लड्ने घोषणा गर्छु, केही दिनभित्र प्रतिनिधि सभा वा प्रदेश सभामा भन्ने यकिन गर्छु’ उनले भने ।

प्रदेश सभा खारेजीको माग गरिएकाले अहिलेलाई प्रतिनिधि सभा र प्रदेश यकिन नगरिएको उनको भनाई छ ।

कार्यक्रममा आग्रीले उम्मेदवारी घोषणापछि चुनावी प्रतिवद्धता र आफ्नो सामाजिक राजनीतिक सक्रियाबारे जानकारी दिए । उनी मिडिया मञ्चका अध्यक्ष पनि हुन् ।

चुनावमा निर्वाचित भएपछि उनले आफ्नो सेवा सुविधालाई अनाथ बालबालिकामा खर्च गर्ने र एक महिनाभित्र कायापलट गर्ने बताए । ‘म कुनै पनि सेवा सुविधा लिदैन, त्यो सुविधा सबै अनाथ बालबालिकाका लागि खर्च गर्छु’ उनले भने,‘एक महिनाभित्र कायापलट गर्छु, त्यो नसके पदबाट राजीनामा दिएर आउँछु ।’

dirghayi clinic

आग्रीले हिन्दू राज्य घोषणा, जातीय विभेद तथा छुवाछुत गर्नेलाई कडा कारवाही, सुकुम्बासीलाई पूर्जा दिने, सीमा अतिक्रमण रोक्ने, एक घरमा एक जनालाई रोजगारी दिने, अतिक्रमित जग्गा खाली गर्ने, गड्डौचाकीस्थित अधुरो प्रवेशद्वार निर्माण पूरा गर्ने लगायतका चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

उम्मेदवारी घोषणा अघि आग्रीले कार्यक्रममा सहभागी पत्रकारहरुसित चुनाव लड्नका लागि सुझाव मागेका थिए । त्यस अघि कार्यक्रममा पूर्व जनस्वास्थ्य प्रशासक बल बहादुर महतले उम्मेदवारी घोषणाका लागि प्रस्ताव गरेका थिए ।

२०४८ देखि सामाजिक सेवामा सक्रिय आग्री २०६२ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । शाही शासनकालमा राजाका समर्थक उनी २०६२÷०६३ को जन आन्दोलनमा आन्दोलनकारीबाट कुटिएका थिए । 

राजावादी भएका कारण उनी तत्कालिन विद्रोही नेकपा माओवादीको निशानामा परेका थिए । माओवादीले २०६१ चैत १ गते उनको वनखेतस्थि घरमा वम विस्फोट गरी ध्वस्त बनाएको थियो ।

ऐठपुरस्थित घरमा बुवाको किरिया बसेका उनलाई अपहरण गर्न गएका माओवादी कार्यकर्तालाई छलेर उनले ज्यान जोगाएका थिए । उनी किरियापुत्री कोठाबाट भागेपछि उनका दाई मोहनलाई माओवादीले अपहरण गरी लगेका थिए ।

उम्मेदवारी घोषणा कार्यक्रममा आग्रीले घर ध्वस्त भए पनि अहिलेसम्म राज्यबाट क्षतिपूर्ति नपाएको दुखेसो पनि पोखेका छन् ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला उप सचिव कर्ण बहादुर चन्द, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव लाल बहादुर कुँबर, पूर्व जनस्वास्थ्य प्रशासन बल बहादुर महत, बुद्धिजीवि बलदेब अवस्थी, नागरिक अभियानका जिल्ला उपाध्यक्ष मान बहादुर सिह लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...