लुकाएर राखिएको अवैध काठ बरामद, वन कार्यालयको जिम्मा लगाइयो

महेन्द्रनगर । कृष्णपुर नगरपालिका ९ पिपरिया(आमबागिया) बाट अवैध काठ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कर्याालय झलारीको टोलीले लुकाएर राखेको ६० क्युफिटका चार गोलिया बरामद गरेको हो ।

वरामद काठ डिभिजन बन कार्यालय पिपरियाको जिम्मा लगाइएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक उदय सिंह खडायतको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

ghar sansar
सम्बन्धित
Loading...