Sarsoti

एमाले अध्यक्ष ओलीले सुदूरपश्चिममा फेरि समात्दै छन् आत्मघाती बाटो

lotus institute

महेन्द्रनगर । एमाले अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिममा तत्कालिन माधव नेपाल समूहका नेताहरुप्रति अनुदार देखिन थालेका छन् । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सिफारिश उम्मेदवारमा उनी असन्तुष्ट भएका छन् । अछामबाट प्रतिनिधि सभा सदस्यका लागि डा. भीम रावल एकल सिफारिश भएकोमा अध्यक्ष ओलीले असन्तुष्टि सार्वजनिक गरि सकेका छन् ।

एमालेमा अध्यक्ष ओलीको सबैभन्दा बढी आलोचना गर्नेमा नेतामा रावल पर्छन् । अछामबाट उनको एकल सिफारिश गरिएकोमा अध्यक्ष ओलीले नेताहरुले बालकोट बोलाएर हप्काएका छन् । अध्यक्ष ओलीले हप्काएपछि एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले उनलाई रोक्न छलफल अघि बढाएका छन् । अध्यक्षले हप्काएपछि सुुदूरपश्चिमका नेताहरु अप्ठेरोमा परेका छन् ।

morning glory

अध्यक्ष ओलीले रावललाई कमजोर बनाउन लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाएका हुन् । इन्चार्ज भट्टले रावललाई एकल सिफारिश हुनबाट रोक्न नसकिएपछि ओली उनीसित पनि असन्तुष्ट भएका छन् ।

प्रदेश इन्चार्ज भट्ट आफैं कैलाली निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारका लागि सिफारिश गरिएका छन् । स्थानीय तह निर्वाचनमा सहोदर भाई गोकर्ण भट्ट गोदावरी नगरपालिकाको मेयरमा चुनाव हारेकाले उनी आफंै चुनावमा असहज अवस्थामा पुगेका छन् ।

एमाले अध्यक्ष ओलीसित चितवनमा १० औ महाधिवेशन लडेका रावल पार्टी विभाजन अघिसम्म सुदूरपश्चिममा बलियो नेताको पहिचान थियो । एमालेमा तत्कालिन माधव नेपाल समूहका उनी पार्टी विभाजनपछि १० बुँदे सहमति गरी एमालेमा बसेपछि अध्यक्ष ओलीले जिम्मेवार विहीन बनाएका छन् । अध्यक्ष ओलीले आफ्ना विश्वासिला लेखराज भट्ट र दामोदर भण्डारीलाई पार्टीको नेतृत्व जिम्मा लगाएका छन् ।

स्थानीय तह निर्वाचनमा प्रदेश इन्चार्ज भट्ट र अध्यक्ष भण्डारी दुबै आ आफ्नो गृह नगरमा पराजित भएर कमजोर नेताका रुपमा पहिचान बनाएका छन् । अघिल्लो निर्वाचनमा एमालेले जितकामध्ये आधा स्थानीय तहमा मात्रै यस पटक एमालेले जितेको छ ।

२०७४ को स्थानीय तह निर्वाचनको नेतृत्व एमालेका तत्कालिन उपाध्यक्ष र सुदूरपश्चिम प्रदेश इन्चार्ज रावलले गरेका थिए । सुदूरपश्चिमका ८८ मध्ये आधामा एमाले निर्वाचित भएको थियो । यस पटक वर्षौदेखि जित्दै आएका स्थानीय तह पनि एमालेले गुमाएको छ ।

अध्यक्ष ओली पार्टी प्रवेशका लागि सुदूरपश्चिम आएपछि आगामी निर्वाचनमा टिकटमा हस्तक्षेप नहुने आँकलन गरिएको थियो । स्थानीय तह निर्वाचनमा टिकट वितरणको हस्तक्षेपले हारिएको नेताहरुको बुझाई थियो ।

एमाले अध्यक्ष ओलीले टिकट वितरण मापदण्डका आधारमा टिकट दिने अपेक्षा गरिएको थियो । अछामबाट सिफारिश रावलको नामलाई लिएर अध्यक्ष ओलीले पोखेको असन्तुष्टिले उनी टिकट वितरणमा स्थानीय तह निर्वाचनको शैली अपनाउने संकेत गरेका छन् ।

Mahendranagar

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले टुङ्गो लगाउनु पर्ने मेयर उप मेयरको टिकट अध्यक्ष ओली निवास बालकोट पुगाएर अन्तिम रुप दिइएको थियो । एमालेको जिल्ला कमिटीबाट प्रदेश कमिटीमा सिफारिश नभएका नेतालाई पनि अध्यक्ष ओलीसितको पहुँचका आधारमा टिकट दिइएको थियो । एमालेका केन्द्रीय सदस्य एवम् कञ्चनपुर सह इन्चार्ज कमला बोहराले जिल्ला कमिटी सिफारिश नभएर टिकट पाएकी थिइन् ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले स्थानीय तह निर्वाचनमा सिफारिश अधिकाँश उम्मेदवार पराजित भएपछि अध्यक्ष ओली यस पटक त्यसमा सुधार गर्न सक्ने नेता कार्यकर्ताको आशा थियो । यस पटक पनि उनले बालकोटसित पहुँच भएकालाई टिकट दिन मनसास भीम रावलसित असन्तुष्टि पोखेर सार्वजनिक गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका एमाले नेताहरुलाई बोलाएर अध्यक्ष ओलीले हप्काएका छन् । उनको प्रश्न थियो ‘भीम रावल एकल सिफारिस हुने अवस्था कसरी आयो ?’ स्रातेका अनुसार अध्यक्षको हप्काइमा सहभागी नेताहरु नाजवाफ भएर सबै जना पन्छिन खोजेका थिए ।

विभिन्न घटनाक्रमका कारण रावलप्रति ओलीमा चरम असन्तुष्टि मात्रै हैन गहिरो इगो रहेको बुुझ्न गाह्रो छैन । रावलका हकमा ओली कुनै पनि हालतमा सांसद नहुन भन्ने चाहन्छन् ।

नेकपा कालमा ओली एकातिर तथा प्रचण्ड र नेपाल समूह अर्कोतिर भएका बेला प्रचण्ड र नेपाल पक्षमा चर्कोगरि लागेका रावलसंग अगाडीदेखि नै ओलीको चरम बैमनष्यता उत्पन्न भएको थियो ।

त्यस क्रममा ओलीले धनगढीमा आयोजित बृहद आमसभालाई सम्बोधन गर्ने क्रममा रावललाई लक्ष्ँित गर्दै भनेका थिए ‘माथि आएपछि दुख्ख दिन्छन्, तलै ठीक पार्नुपर्छ ।’ अहिले टिकट वितरण सन्दर्भका घटनाक्रमले ओलीमा रावलप्रति त्यही नीति देखिएको छ । रावल एकल सिफारिस भएका छन् । तर ओली उनलाई कुनै पनि हालतमा टिकट दिने मुुडमा नभएको स्रोतको भनाई छ ।

डडेलधुराबासीले जिल्लाको विकास होस् या नहोस् तर देउबालाई ‘उहाँ जत्तिको’ नेतालाई भोट नहाल्नु अन्याय हुने मतदाताको मनस्थिति हुने गर्छ र देउबाले सहजै हरेक पटक जित्छन्, त्यस्तै अछाममा पनि पछिल्लो समय ‘भीम रावल जत्तिको’ नेतालाई हराउनु अनुुचित हुने धारणाहरु विस्तार हुँदै गएको छन् । यसले पनि चुुनाव हो केही निश्चित नहुँने र रावलले जित्न सक्ने सम्भावना रहने ओलीको आकलन रहेको बताइन्छ । त्यस अवस्थामा ओलीले रावल जित्नु भन्दा अगाडी नै बाटो क्लोज गरिदिनु उपयुुक्त हुने कठोर निष्कर्ष हुुनसक्ने बुझिएको छ ।

हारे पनि अर्को उम्मेदवारले हारोस् तर रावललाई टिकटै दिन मञ्जुर नहुुने ओलीको अडानले एमालेभित्र अर्को तरंग सिर्जना गरेको छ । स्रोतका अनुसार ओलीको निर्देशनपछि सुदूरपश्चिमका एमाले नेताहरु के गर्ने र कसो गर्ने भन्नेमा रनभुुल्लमा छन् ।

ओलीको हप्काइपछि मंगलबार लेखराज निवास काठमाण्डौंमा निकट नेताहरुको बैठक बसेको थियो । स्रोतले भन्यो ‘रावलको एकल सिफारिस भएपनि सम्भवतः उनलाई रोक्ने सम्भावनाबारे छलफल भएको थियो ।’

नेकपा कालमा दश भाइको संज्ञा दिइएको रावलबाहेक अन्य नेताहरुको पनि एक दुुईजना बाहेक कसैको पनि टिकट सुरक्षित नभएका अनुमानहरु यस अगाडीदेखि नै सार्वजनिक हुँदै आएका छन् ।

saark school
सम्बन्धित
Loading...