ghar sansar

भीमदत्तमा तलब सुविधा दिने गरी एकै पटक पाँच जना सल्लाहकार नियुक्त

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा पाँच जना सल्लाहकार नियुक्त गरिएका छन् । भीमदत्त नगरपालिका नगर कार्यपालिकाले तलब सुविधा दिने गरी एकै पटक पाँच जनालाई सल्लाहकार नियुक्त गरेको हो ।

नगर कार्यपालिकाको निर्णयपछि उनीहरु सबैलाई नियुक्ति दिइएको छ । उनीहरुमध्ये दुई जना नगर प्रमुख र उप प्रमुखको सचिवालयका विज्ञका रुपमा नियुक्त गरिएका छन् ।

mahostaw

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको सचिवालयमा जन सम्पर्क तथा प्रशासनिक विज्ञका रुपमा गौराज बहादुर लिम्बुलाई नियुक्त गरिएको छ । सरकारी सेवाबाट अवकाश पाएका लिम्बु निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका पूर्व अध्यक्ष हुन् ।

नगर उप प्रमुख निलम लेखक जोशीको सचिवालयमा सन्तोसी साउँद ऐरलाई विज्ञका रुपमा नियुक्त गरिएको छ । भीमदत्त नगरपालिका १९ का निवर्तमान वडा सदस्य साउँदले अघिल्लो कार्यकालमा न्यायिक समिति सदस्य भएर जिम्मेवारी वहन गरि सकेकी छन् । उनी स्थानीय तह निर्वाचनमा भीनपा १९ को वडा अध्यक्षमा पराजित भएकी थिइन् ।

भीमदत्तमा कानुन विज्ञका रुपमा अधिवक्ताद्वय पदमराज भट्ट र टेक कठायत नियुक्त गरिएका छन् । भट्टलाई नगरपालिकाको कानुनी सल्लाहकार नियुक्त गरिएका छन् ।

अधिवक्ता कठायत न्यायिक समितिका लागि नियुक्त गरिएका हुन् । उनीहरु दुबै जना व्यवसायिक कानुन व्यवसायी हुन् । अधिवक्ता कठायतले यस अघि देखि न्यायिक समितिमा कामकाज गर्न थालेका थिए ।

नेपाल प्रेस युनियन कञ्चनपुरका पूर्व अध्यक्ष चक्र महता प्रेस सल्लाहकार नियुक्त भएका छन् । पत्रकारिता पढेका महताले शुक्लाफाँटा एफएम लगायतका मिडियामा काम गरि सकेका छन् ।

नगर प्रमुखका सचिवालयका लिम्बु बाहेक अन्य चार जनालाई मासिक ३० हजारका दरले तलब सुविधा दिने गरी नियुक्ति दिइएको छ । जन सम्पर्क तथा प्रशासनिक सल्लाहकार लिम्बुलाई भने मासिक ४० हजार तलब सुविधा तोकिएको छ ।

नगरपालिकाको परामर्श सेवा अन्र्तगत उनीहरु सबैलाई विज्ञका रुपमा नियुक्ति दिइएको हो । नगर कार्यपालिकाबाट निर्णय गरिएपछि उनीहरुलाई नियुक्ति दिन कार्यालयलाई निर्देशन दिइएको थियो । त्यसका आधारमा कार्यालयले सबैलाई नियुक्ति दिएको हो । यस अघि कार्यपालिका निर्णयका आधारमा मेयर उप मेयरको सचिवालयमा एक÷एक जना स्वकीय राखिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...