ghar sansar

राष्ट्र बैंकको चालु पुँजी कर्जा सीमा नीतिमा कञ्चनपुर उद्योग बाणिज्य संघ असन्तुष्ट, संशोधन गरी लागू गर्न दबाव

khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले राष्ट्र बैंकले तोकेको चालु पुँजी कर्जा सीमामा असन्तुष्टि सार्वजनिक गरी संशोधनको माघ अघि सारेको छ ।

संघले कर्जा सीमालाई उद्योग व्यवसायीका लागि अव्यवहारिक नीति भनेको छ । संघका अध्यक्ष पिताम्बर जोशीले विज्ञप्ति प्रकाशित गरी कर्जा सीमामा असन्तुष्टि व्यक्त गरेका छन् ।

Anant bahu travels

‘उद्योगको प्रकृति अनुसार फरक चालु पूँजी रकम आवश्यक पर्ने हुँदा २ करोड भन्दा वृद्धि चालु पूँजी कर्जाको सीमा निर्धारण गर्दा २५ प्रतिशत मात्र गरिनु व्यवहारिक नभएको र कर्जा सीमाले व्यवसाय सञ्चालन गर्न मात्रै नभई उद्योगको क्षमतामा समेत गम्भीर असर पर्ने भएको हुँदा यसलाई परिमार्जित गरी अबिलम्ब उद्योगी व्यवसायीहरुमा पर्ने जटिल समस्यालाई निराकरण गर्न संघ हार्दिक अनुरोध गर्दछ’ संघका अध्यक्ष जोशीले सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।

dirghayi clinic

राष्ट्र बैंकले भदौ ७ गते चालु पूँजी मार्गदर्शन २०७९ जारी गरी कर्जा सीमा लगाएको हो । विज्ञप्तिमा संघले कर्जा सीमाले राष्ट्रको उद्योग व्यवसायमा असर पर्ने चेतावनी दिएको छ ।

संघका अध्यक्ष जोशीले राष्ट्र बैंकको कर्जा सीमा नीति संशोधन नगरी संशोधन लागू भएका उद्योग व्यवसाय विस्थापित हुने चिन्ता जाहेर गरेका छन् ।

‘राष्ट्र बैंकको यस नीतिले उद्योग, व्यवसायीहरु पुनः अझ धराशायी हुन गई विस्थापित हुने स्थिति उत्पन्न नहोला भन्न सकिन्न’ विज्ञप्तिमा भनिएको छ,‘उद्योग व्यापार लगायत व्यवसायिक क्षेत्रमा पछाडि रहेको यस जिल्ला तथा देशकै उद्यमी व्यवसायी चिन्तित भएका छौ ।’

Himal dental
सम्बन्धित
Loading...