महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा एक हजार भ्रष्टाचार सम्बन्धी उजुरी परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले बुधबार सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई बुझाएको ३६ औँ वार्षिक प्रतिवेदनमा सुदूरपश्चिमका सबै ९ जिल्लाबाट एक हजार १ हजार ७ सय ३९ उजुरी दर्ता भएको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा सबैभन्दा बढी कैलाली जिल्लाका उजुरी समावेश गरिएका छन् । कैलालीबाट हालसम्म ४ सय ६३ उजुरी दर्ता भएका छन् । सबैभन्दा कम बाजुराका ८४ उजुरी प्रतिवेदमा समावेश गरिएका छन् ।
आयोगको कार्यालयका अनुसार कञ्चनपुर २ सय ८४, बैतडी २ सय २९, बझाङ्ग १ सय ८२, दार्चुला १सय ३२, डडेल्धुरा १सय २९, अछाम १ सय १० र डोटी १ सय २६ उजुरी परेका छन् ।
आयोगमा परेका उजुरीमध्ये एक हजार ६२ उजुरी किनारा लागेका छन् । त्यस बाहेकका ६ सय ७७ उजुरी फस्र्र्याैट हुन बाँकी छन् ।
अख्तियार कार्यालयका अनुसार अख्तियारमा आएका उजुरीमा २ सय ९६ मुद्दा प्रशासन, स्थानीय तह सहित अन्य सरकारी कार्यालयका छन् । प्रतिवेदनमा स्थानीय तहमध्ये भीमदत्त नगरपालिकाका सबैभन्दा बढी उजुरी परेका छन् ।
भ्रष्टाचारजन्य कसुर बाफत ९लाख, ९३ हजार, ५ सय ६६ जरिवाना अशुल गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी नारायण प्रशाद ढकालले स्ट्रीङ अप्र्रेसन समेत नरोकिएको बताए । कार्यक्रममा सूचना अधिकारी ढकालले वैज्ञानिक वन व्यवस्थापन र महेन्द्रनगर नगर विकास समितिको अनियमितताबारे आयोगको केन्द्रीय कार्यालयबाट अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सिनियर डिभिजनल ईन्जिनियर प्रेम नारायण बस्न्यातले भ्रष्टाचार रोकथामका लागि सामुदायिक शिक्षा एव प्रर्बद्धनात्मक कार्यक्रम सञ्चालन गरिएको बताए ।