
महेन्द्रनगर । चन्द्रलोक प्रतिष्ठानले गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा सहित विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई सम्मानित गरेको छ ।
बुधबार पर्यटन बोर्डमा भएको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उहाँहरुलाई सम्मानित गरेको छ ।

प्रतिष्ठानले न्युज अफ नेपालका सम्पादक तथा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजाललगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई सम्मानित गरेको छ ।
उक्त सम्मानबाट गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा, जनता टेलिभिजनका सम्पादक टंक पन्त लगायतका सम्मानित भएका छन् ।
संस्थाका अध्यक्ष सीताराम कार्कीले विभिन्न क्षेत्रमा ख्याती कमाएका ब्यक्तिलाई सम्मान गरेको बताए ।
